एजेन्सी । भारतको आन्ध्र प्रदेशमा तिर्थयात्री बोकेको अटो रिक्सा ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।
रवुलापालेम् अमलापुरम राजमार्ग अन्तर्गत पर्ने पूर्वी गोदावरी जिल्लाको मोडेकुरुमा आज बिहान मन्दिर जान लागेका महिला चढेको अटो रिक्सा तिव्र गतिमा रहेको ट्रकसँग ठोक्किएको हिन्दुस्तान टाईम्सले उल्लेख गरेको छ ।
घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । मृत्यु हुने सबै महिला हुन् । ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार अटो रिक्सामा १३ जना महिला सवार थिए ।
उनीहरु सबैजना प्रशिद्ध भगवान वेनकातेश्वर स्वामीको मन्दिरमा दर्शनका लागि जाँदै गरेका थिए । मृतक सबै अलवाराम गाउँकै स्थानीय बासिन्दा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित