कात्तिक ११ : आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मतपत्र (समानुपातिक तर्फको) छपाइ सकिएको छ ।

प्रतक्ष्यतर्फको मतपत्र भने छाप्न सुरु गरिएको छ । निर्वाचन आयोगका अनुसार शुक्रबारदेखि प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रकै प्रत्यक्षतर्फको मतपत्र छाप्न थालिएको हो ।
आयोगले पहिलो चरणमा प्रत्यक्षतर्फको मंसिर १० गते हुने प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि मतपत्र छपाइ गरिने जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने :
-निर्वाचन तयारी ७५ प्रतिशतभन्दा बढी पूरा भएको छ ।
-मतपत्रबारे सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित मितिमै हुनेछ ।
-समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ ।
-आजै (शुक्रबार)देखि नै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ कार्य सुरु भएको छ । आजको कान्तिपुरमा खबर छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय