झापामा गोली लागेर एकको मृत्यु , के थियो घटना रहस्य ?

कात्तिक ११ : झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

jhapa_tanab_4-001_r92puMqscH

अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको मृत्यु शंकास्पद भएको घटनामा आफन्तले दिएको उजुरी प्रहरी अनुसन्धान अपूरोे भएको भन्दै आफन्त र गाउँलेले बिर्तामोडमा निकालेको विरोध र्‍याली हिंसामा परिणत भएको हो ।

अनिश्चितकालीनकफ्र्यु आदेश
परिवार र गाउँलेले निरन्तर आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले शुक्रबार अपराह्नदेखि बिर्तामोडको दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । प्रदर्शनकारीले कफ्र्यु उल्लंघन गर्दै यान्त्रिक कार्यालयमा आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रमुखको घरमा तोडफोड र आगजनी
प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनीको प्रयास र विर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार सिवाकोटीको घरमा तोडफोड गरेका छन् । घरको कम्पाउन्डभित्र राखिएको विर्तामोड नगरपालिकाको मे१ज १२१ र नगर प्रमुख सिवाकोटीको निजी बा१०च ३०६१ नम्बरको गाडी तोडफोड गरिएको छ । उनको घरमा पार्किङ गरेर राखिएको मे७प ३००० मोटरसाइकलमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

के थियो घटना निहुँ ?
विजयादशमीका दिन बिहान १४ असोजमा आफन्तको घरमा जुत्ता लिन गएका ११ वर्षीय सिवाकोटीको शव भोलिपल्ट बिहान विर्तामोड नगरपालिका–१ को बैसाबाडीमा फेला परेको थियो । शरीरका विभिन्न भागमा चोट देखिनुका साथै अन्डकोष काटिएको अवस्थामा शव फेला परेपछि आफन्त र गाउँलेले घटनालाई हत्या भन्दै गम्भीर छानबिनको माग गर्दै आएका थिए ।

बालकको मृत्यु प्रकरणमा विर्तामोड – ५ का सुरेश पोखरेल र उनका परिवारका आठजना सदस्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको थियो । प्रहरीले शुक्रबार सबै आरोपीलाई अदालतमा बुझाउने तयारी गर्दा विरोध हिंसामा परिणत भएको हो । बालकको शंकास्पद मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै मृतकका आफन्त र स्थानीयवासीले बिहीबार मात्रै संघर्ष समिति गठन गरेर आन्दोलन थालेका थिए ।

प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान नगरी आरोपीलाई अदालतमा पेस गर्ने तयारी गरेको भन्दै आफन्त र गाउँलेले शुक्रबार विर्तामोड बन्दको आह्वान गरेका थिए । बन्द सफल पार्ने अभियानस्वरूप निकालिएको विरोध जुलुसमा प्रहरीले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

गृहद्वारा छानबिन समिति गठन
बिर्तामोड घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो ।

आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स