पटका कारखानामा आगलागी हुँदा ३० जनाको मृत्यु,५० जना घाइते

इन्डोनेसिया, ९ कात्तिक : इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ शहरको एक पटका कारखानामा बिहीबार आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ भने ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

170614102223-01-london-fire-super-tease

शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सवैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ ।
सदुनीले घटनास्थलबाट स्थानीय टेलिभिजनलाई जानकारी दिँदै भन्नुभयो, ‘आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने ४६ जना घाइते भएका छन् ।’

मृतकमध्ये प्राय उत्पादन कक्षमा काम गर्ने मजदूर रहेका छन् । उक्त पटका कारखाना पीटी पान्सा वौना कम्पनीद्वारा सञ्चालित रहेको थाहा हुन आएको अग्नी नियन्त्रकले जनाएका छन् ।

ताङगेराङ शहरका बरिष्ठ प्रहरी आयुक्त हरी कुर्नियावानले प्रारम्भीक अनुसन्धानबाट घटना विद्युत चुहावटका कारण भएका हुनसक्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित