तपाईंले धेरै शानदार बेडरुम देख्नुभएको छ होला । तर के कहिल्यै गुफामा वा रुखमा रहेको बेडरुम देख्नुभएको छ ? यदि छैन भने हेर्नुस् दुनियाँका यस्तै ५ अनौठा बेडरुम ।
१. रुखमा बेडरुम

माथिकाे तस्वीरमा हामी रूखमुनि बेडरूम देख्न सक्छाैं । याे दक्षिण अफ्रिकाको लायन सेन्डस गेम रिजर्भमा एक रुखमाथिकाे बेडरुम हाे । किंग्स्टन ट्रिहाउसमा बनेको यो बेडरुम निकै अनौठो पनि छ । यो झ्यालकोठा सहितको छ र बाहिरबाट कुनै जंगली जनावरले आक्रमण गर्न नसक्ने बनाइएको छ ।
२. पानीको छाँगोवाला बेडरुम

माल्दिभ्सको सोनेभा जानी नामक फाइभ स्टार होटेलमा यस्ता बेडरुम छन् जहाँबाट तपाइँ सिधै पानीको छाँगोमा चिप्लिँदै समुद्रमा झर्न सक्नुहुन्छ ।
३. चट्टानभित्र बेडरुम
स्पेनको मालोर्कामा रहेको केप रकेट बेडरुम पनि निकै अनौठो छ । उक्त ठाउँमा चट्टानहरुबीचमा निकै सुन्दर बेडरुम बनाइएको छ ।
४. काठैकाठको बेडरुम
इण्डोनेसियाको निही सुम्बा बेडरुम काठैकाठले बनाइएको छ । यो ठाउँमा बसेर मज्जाले प्रकृतिको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ प्राइभेट गार्डेन तथा आउटडोर शावर पनि रहेको छ ।
५.गुफामा बेडरुम
मेक्सिकोको रिभियरामा रहेको बे तुलुम एक अनौठो बेडरुम हो । यो बेडरुम गुफामा बनेको छ । यसको चारैतर्फ जंगल छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि