५ कात्तिक : चेक गणतन्त्रमा सम्पन्न आम निर्वाचनमा लोकप्रियतावादी अर्बपति उम्मेदवार एन्ड्रे बाबिसको दल विजयी भएको छ । ६३ वर्षीय बाबिस चेक गणतन्त्रकै दोस्रो धनी व्यक्ति हुन । बाबिसको एएनओ पार्टीले करिब ३० प्रतिशत मत पाएको छ । उनको दलले पाएको मत प्रतिद्वन्द्वी दलले ल्याएको मतभन्दा तीन गुणा बढी हो ।
मध्य दक्षिणपन्थी सिभिक डेमोक्रेट्स र पाइरेट्स पार्टी क्रमशः दोस्रो र तेस्रो भएका छन् । निर्वाचन परिणामले अन्य दलसँग गठबन्धन गरेर बाबिस प्रधानमन्त्री बन्ने देखाएको छ । युरोपेली संघप्रति शंका राख्ने बाबिसले संस्थापनविरुद्ध चुनावी अभियान चलाएका थिए । निर्वाचनमा ६१ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए । अनुमानित चार अर्ब डलर बराबरको सम्पत्तिका मालिक बाबिसको खानेकुराको उत्पादन र सञ्चारमाध्यम लगायतका क्षेत्रमा लगानी छ ।
कम्युनिष्ट शासनका बेला प्रहरीका लागि काम गरेको लगायतका आरोप उनिमाथि छ । उनले युरोपेली संघभित्र चेक गणतन्त्रलाई राखिराख्ने भए पनि एउटै मुद्रा चलाउने युरोजोन समूहमा नलैजाने बताएका छन । खाद्य गुणस्तर र ‘आप्रवासी समस्याको समाधान’का मुद्दामा परिवर्तन ल्याउन आफूले युरोपेली परिषद्मा प्रस्ताव लैजाने बाबिसको भनाई छ । बाबिसको चरम दक्षिणपन्थी पार्टी चेक गणतन्त्रमा इस्लाममाथि प्रतिबन्ध लगाउन चाहान्छ । एजेन्सी
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित