५ कात्तिक : चेक गणतन्त्रमा सम्पन्न आम निर्वाचनमा लोकप्रियतावादी अर्बपति उम्मेदवार एन्ड्रे बाबिसको दल विजयी भएको छ । ६३ वर्षीय बाबिस चेक गणतन्त्रकै दोस्रो धनी व्यक्ति हुन । बाबिसको एएनओ पार्टीले करिब ३० प्रतिशत मत पाएको छ । उनको दलले पाएको मत प्रतिद्वन्द्वी दलले ल्याएको मतभन्दा तीन गुणा बढी हो ।
मध्य दक्षिणपन्थी सिभिक डेमोक्रेट्स र पाइरेट्स पार्टी क्रमशः दोस्रो र तेस्रो भएका छन् । निर्वाचन परिणामले अन्य दलसँग गठबन्धन गरेर बाबिस प्रधानमन्त्री बन्ने देखाएको छ । युरोपेली संघप्रति शंका राख्ने बाबिसले संस्थापनविरुद्ध चुनावी अभियान चलाएका थिए । निर्वाचनमा ६१ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए । अनुमानित चार अर्ब डलर बराबरको सम्पत्तिका मालिक बाबिसको खानेकुराको उत्पादन र सञ्चारमाध्यम लगायतका क्षेत्रमा लगानी छ ।
कम्युनिष्ट शासनका बेला प्रहरीका लागि काम गरेको लगायतका आरोप उनिमाथि छ । उनले युरोपेली संघभित्र चेक गणतन्त्रलाई राखिराख्ने भए पनि एउटै मुद्रा चलाउने युरोजोन समूहमा नलैजाने बताएका छन । खाद्य गुणस्तर र ‘आप्रवासी समस्याको समाधान’का मुद्दामा परिवर्तन ल्याउन आफूले युरोपेली परिषद्मा प्रस्ताव लैजाने बाबिसको भनाई छ । बाबिसको चरम दक्षिणपन्थी पार्टी चेक गणतन्त्रमा इस्लाममाथि प्रतिबन्ध लगाउन चाहान्छ । एजेन्सी
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण