
एजेन्सी, २ कात्तिक । रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी बोल्न थालेपछि माहौल नै फरक हुने गर्छ । रक्सी पिएपछि मानिस किन यसरी अँग्रेजी बोल्छन् त ?
बेलायतमा गरिएको एक अध्ययनले यसको कारण पत्ता लगाएको छ । रक्सी पिएपछि मानिसको आत्मविश्वास बढ्ने र तनाव घट्ने उक्त अध्यययले देखाएको हो । अध्ययनका अनुसार आत्मविश्वास बढ्ने र तनाव घट्ने भएपछि मानिस अरुसँग नडराउने गर्छन् र फलस्वरूप मानिसले अरूसँग विदेशी भाषामा गफ गर्न सुरु गर्छन् ।
अध्ययनमा संलग्न गराइएका मानिसमध्ये रक्सी पिउनेले विदेशी भाषा बोल्ने गरेको पाइएको थियो । रक्सी सेवन गर्नेले दुइटा भाषा सजिलै बोल्ने गरेको पाइएकाे थियो । तर यससम्बन्धमा थप अनुसन्धान हुनुपर्ने भाषाविज्ञले बताएका छन् ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित