October 18, 2017

अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए

 कार्तिक १ : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन् । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा बुधबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो ।

आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएका रजाकले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ । यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ । उनीहरु लुकेर बसेको आश्रयस्थलमा यो कारबाही भएको थियो ।

यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतङ्क मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित