अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय अदालतले रोक्यो

१ कात्तिक, एजेन्सी : राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने पछिल्लो कानून लागू हुन केही अघि अदालतले रोक लगाएको छ ।

trump-1164278इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेजुएलाका केही मानिसहरुमाथि गत महिना उक्त प्रतिबन्ध घोषणा गरिएको थियो । ह्वाइट हाउसले अदालतको उक्त आदेश खतरनाक तरिकाले कमजोर भएको भन्दै त्यसविरुद्ध कानुन मन्त्रालय पुनरावलोकनमा जाने बताएको छ ।

समयावधी नतोकिएको ट्रम्पको यसैहप्ताबाट लागू हुने भनिएको उक्त यात्रा प्रतिबन्धलाई संघीय अदालतका न्यायाधीश डेरिक वाट्सनले रोक लगाएका हुन् । यसअघि पनि ६ वटा मुसलमान बाहुल्यता रहेका देशहरुमाथि यात्रा प्रतिबन्ध लगाइएको थियो ।

बुधबारबाट लागू हुन लागेको ट्रम्पको यो तेस्रो यात्रा प्रतिबन्धलाई रोक लगाउन हवाई राज्यमा निवेदन दर्ता भएको थियो । उक्त निवेदनमा आप्रवासीसम्बन्धी संघीय कानुन अन्तर्गत राष्ट्रपतिले त्यस्तो प्रतिबन्ध लगाउन नपाउने उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण