कांग्रेसले मलाई जेल हाल्ने कोसिस गर्‍यो : मोदी

 असोज ३१,काठमाडौं : निर्वाचन आयोगले गुजरात राज्यमा हुने निर्वाचनको मिति तय नगर्दै प्रचार प्रसारमा जुटेका भारतीय राजनीतिक दलहरुले एक–अर्काको उछित्तो काट्न सुरु गरेका छन् ।  

गुजरातको गान्धीनगरमा आयोजित ‘गुजरात गौरव यात्रा’ को समापन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहलाई ‘म्यान आफ द म्याच’ को संज्ञा दिँदै उत्तर प्रदेश लगायतका राज्यमा सम्पन्न विधान सभा चुनावमा पार्टीले पाएको सफलताको सम्पूर्ण श्रेय दिए । 

प्रधानमन्त्री मोदी सहभागी र्यालीलाई विपक्षी दलले पनि नजिकबाट नियालिरहेको थियो । कांग्रेस उपाध्यक्ष राहुल गान्धीले सोमबार बिहान ट्वीट गरे, ‘‘चुनाव अघि गुजरातमा ‘जुमलों’ को वर्षा हुने छ ।’’ समापन समारोहमा मोदीले पनि विपक्षी कांग्रेसलाई लक्षित गर्दै भने, ‘‘जब जब गुजरातमा चुनाव आउँछ, कांग्रेसलाई ज्वरो आउँछ । उसलाई बढी असहजता महशुस हुन्छ ।’’

प्रधानमन्त्री मोदीको भाषणका ७ महत्वपूर्ण बुँदाहरु 
१) देशलाई जुन कांग्रेसले ठूलाठूला नेता दियो । उनीहरुको भाषा यतिसम्म तल्लो स्तरमा जाला भनेर मैले कहिल्यै सोच्न सक्दैन । कांग्रेसको यस्तो हालत नेताहरुले सकारात्मक रुपले सोच्न बन्द गरेकाले भएको हो । 
२) कांग्रेस पार्टी र यसको परिवारको आँखामा सधै बिझ्ने गर्दछ । सरदार वल्लभभाइ पटेल र उनकी छोरी मनिभाइ पटेलमाथि कांग्रेस र परिवारले गरेको व्यवहारप्रति इतिहास साक्षी छ । म त्यसलाई फेरि दोहोर्याउन चाहन्न । 
३) कांग्रेसले मलाई जेल हाल्ने सोच बनाएको थियो । तर अमित शाहलाई जेल नहाल्दासम्म मोदीसम्म पुग्न सकिन्न भन्ने तय गर्यो । र आज यथार्थ सबै सामु छर्लङ्ग छ, तपाई कहाँ हुनुहुन्छ र हामी कहाँ छौं ? 
४) पण्डित नेहरुले सिलान्यास गरेको नर्मदा योजनाको परिकल्पना सरदार पटेलले गरेका कारण कांग्रेसले परियोजना पूरा हुन दिएन । 
५) कांग्रेस सधै विकासको मुद्दाबाट भागेको छ । कांग्रेस विकासका मुद्दा अघि सारेर चुनाव लडोस् भन्ने मेरो चाहना थियो तर उनीहरु जातिय र साम्प्रदायिक मुद्दा उचालेर जनतामाझ नकारात्मक सोच फैलाउन व्यस्त भए । कांग्रेससँग विकासका मुद्दा अघि सारेर चुनाव लाड्ने कहिल्यै हिम्मत भएन । 
६) उनीहरुलाई भाजपा, गुजरात, सरदार पटेल र जनसंघ मन पर्दैन । अहमदावादमा ज्योति संघ नाम गरेको एउटा संस्था सक्रिय छ । ५०–६० को दशकमा नेहरु यहाँ आउने गरेको मैले सुनेको छु । 
७) मैले सुनेको छु कि नेहरु ज्योति संघको कार्यक्रममा ज्योति संघ भन्न बिर्सन्थे र बारम्बार जनसंघ भन्थे । त्यो बेला जनसंघ बाल्य अवस्थामा थियो । उसको पालन पोषण भइरहेको थियो तरपनि नेहरु डरले काँप्थे । आज भाजपादेखि डराउनु स्वाभाविक 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि