बङ्लादेशमा डुङगा दुर्घटना हुँदा आठ जना रोहिङ्ग्याको मृत्यु, ४० बेपत्ता

ढाका, ३० असोज –  म्यानमारसँगको दक्षिणपुर्वी सिमानामा पर्ने बङ्गलादेशको बङ्गालमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका रोहिङ्ग्या मध्ये अहिले सम्म आठ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।स्थानीय प्रहरी अधिकृत मोहम्मद अस्राफुज्जामानले  भने, ‘भेटिएका शवहरु मध्ये चार ओटा बालबालिका र चार ओटा महिलाका रहेका छन् ।’ दुर्घटनामा परी अरु ४० जना हराइरहेको उनले बताए ।

boat-accident
उनले डुङ्गा कतिवेला दुर्घटना भएको हो भन्ने बारेमा स्पष्ट नभएको तर सोमबार विहानै भएको हुनसक्ने बताए ।
प्रहरी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उद्धारकर्ताहरुले हराइरहेकाहरुको खोजी गरिरहेका छन् । घटनास्थल बङ्गलादेशको राजधानी ढाका देखि २९२ किलोमिटर दक्षिणीपुर्वमा पर्दछ ।
दुर्घटना भएका समयमा डुङ्गामा ७० जना रोहिङ्ग्याले यात्रा गरिरहेका थिए । ती मध्ये २० जनाले आफै पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
गत हप्ता पनि नाफ नदीको मुखैमा भएको यस्तै दुर्घटनामा परी मृत्यु भएका मध्ये कम्तीमा २८ जना रोहिङ्ग्याको शव भेटिएको थियो । यो घटनास्थल पनि बङ्गलादेश र म्यानमारको सिमानामा पर्दछ ।
गत अगस्ट २९ देखि अहिले सम्म भएका यस्ता २५ ओटा डुङ्गा दुर्घटनामा परेका कम्तीमा १३२ जनाको शव निकालिएको छ ।
म्यानमारको राखिन राज्यमा हिंसा फैलिएपछि गत अगस्ट २५ देखि झण्डै पाँच लाख रोहिङ्ग्या समुदायका मानिसहरु विस्थापित भएर बङ्गलादेश पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय