October 16, 2017

मोगादिशु बिष्फोटमा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो

३० असोज, एजेन्सी : सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या १३७ पुगेको सोमालियाली अधिकारीले आइतबार जनाएका छन् । प्राप्त पछिल्लो विवरण अनुसार घटनामा ३०० जना घाइते भएको एएफपीले जनाएको छ ।

3500मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा रहेको बताउँदै प्रहरी अधिकारी इब्राहिम मोहम्मदले एएफपीलाई बताए, अहिलेसम्म १३७ जनाको मृत्यु भएको छ भने ३०० जनाभन्दा बढी घाइते भएको प्रहरीको अनुमान छ ।

यसपहिले अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा बिष्फोटका कारण अहिलेसम्म मृत्युहुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराएका थिए ।

घटनामा गम्भीर घाइतेको सङ्ख्या अझै धेरै रहेकाले मृतक सङ्ख्या अझै केही बढ्नसक्ने उनले बताए । बिष्फोटको आइतबारसम्म कुनै समूहले पनि जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित