बाढी पहिरोमा ६० जनाको मृत्यु

२९ असोज, एजेन्सी : भियतनामको उत्तरी र मध्य क्षेत्रमा यसै हप्ता भिषण बर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । भियतनामको विपद् व्यवस्थापन तथा नियन्त्रण सम्वन्धी निकायले बाढी पहिरोमा परी अरु ३७ जना बेपत्ता भएको र ३१ जना घाइते भएको जानकारी दिएको छ ।

 

Vietnam-Flood

पीडितमध्ये २० जना होअ बिन्ह प्रान्तका, १५ जना मध्य थान्ह होअ प्रान्त र नौ जना मध्य ने अन प्रान्तका रहेका छन् । गत शुक्रबार बिहान पहिरोमा परी हराएकामध्येका ११ ओटा शव उद्धारकर्ताहरुले निकालेका थिए । हराएका ३७ जना होआ बिन्ह, थान्ह होआ, ने अन र दुई ओटा अरु प्रान्तका रहेका छन् । पहिरोले झण्डै ४० हजार घरमा क्षती पुगको छ भने हनोइका साना घरहरु ध्वस्त भएका छन् ।

यस बर्षको सुरुका नौ महिनामा प्राकृतिक प्रकोपमा परी भियतनाममा मारिएका वा हराएको संख्या १६९ पुगेको छ । त्यसैगरी २३२ जना घाइते भएका छन् भने २ लाख ३६ हजार ८०० घरमा क्षती पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित