२४ असोज, दमास्कस : सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ ।
गत चार दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधारण नागरिक रहेको पनि जनाइएको छ ।
‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस’का अनुसार गत जुन देखि अहिले सम्म अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी एक हजार ११७ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २६७ जना बालबालिका र १६४ जना महिला रहेको पनि उक्त संस्थाले जनाएको सिन्ह्वाले जानकारी दिएको छ ।
बेलायतमा कार्यालय रहेको यस संस्थाले स्लामिक स्टेट (आइएस) लडाकूको नियन्त्रणमा रहेको सिरियाको रक्का सहरलाई उनीहरुबाट ८५ प्रतिशत मुक्त गरिसकेको जनाएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित