रुसमा प्रदर्शनकारी र प्रहरीबीच झडप

२२ असोज, एजेन्सी : विपक्षि नेता नभाल्नीलाई सन दुई हजार अठारको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने माग सहित रुसमा भएको प्रदर्शनमा दुई सयभन्दा बढि पक्राउ परेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका दिनका क्रममा विपक्षिले गरेको सरकार विरोधी प्रदशर्नमा दर्जनौ पक्राउ परेका हुन ।

pakrau-crime_NQOz96YXm9सेन्ट पीटर्सबर्गमा भएको विरोध प्रदर्शनमा प्रहरीसँग झडप समेत भएको छ । राजधानी मस्को र सेन्ट पीटर्सबर्ग लगायत धेरै ठाउँमा अनुमति नलिइ विपक्षीहरुले -याली निकालेका थिए । विपक्षी नेता नभाल्नी भने सार्वजनिक बैठकहरु आयोजना गर्दा मान्नुपर्ने नियम पटक पटक उल्लंघन गरेको आरोपमा बीस दिने जेल सजाय काटिरहेका छन् ।

रुसका निर्वाचन अधिकारीहरुले नभाल्नीको अर्को निलम्बित जेल सजायका कारण उनी मार्च महिनामा हुने निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताउदै आएका छन् । पछिल्ला महिनाहरुमा नभाल्नीले रुसभर यात्रा गरेर चुनावी अभियान चलाउँदै आएका छन् । नभाल्नीले शनिबार पुटिनको गृह नगर सेन्ट पीटर्सबर्गमा हुने -यालीलाई संबोधन गर्ने कार्यक्रम थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित