रुसमा प्रदर्शनकारी र प्रहरीबीच झडप

२२ असोज, एजेन्सी : विपक्षि नेता नभाल्नीलाई सन दुई हजार अठारको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने माग सहित रुसमा भएको प्रदर्शनमा दुई सयभन्दा बढि पक्राउ परेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका दिनका क्रममा विपक्षिले गरेको सरकार विरोधी प्रदशर्नमा दर्जनौ पक्राउ परेका हुन ।

pakrau-crime_NQOz96YXm9सेन्ट पीटर्सबर्गमा भएको विरोध प्रदर्शनमा प्रहरीसँग झडप समेत भएको छ । राजधानी मस्को र सेन्ट पीटर्सबर्ग लगायत धेरै ठाउँमा अनुमति नलिइ विपक्षीहरुले -याली निकालेका थिए । विपक्षी नेता नभाल्नी भने सार्वजनिक बैठकहरु आयोजना गर्दा मान्नुपर्ने नियम पटक पटक उल्लंघन गरेको आरोपमा बीस दिने जेल सजाय काटिरहेका छन् ।

रुसका निर्वाचन अधिकारीहरुले नभाल्नीको अर्को निलम्बित जेल सजायका कारण उनी मार्च महिनामा हुने निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताउदै आएका छन् । पछिल्ला महिनाहरुमा नभाल्नीले रुसभर यात्रा गरेर चुनावी अभियान चलाउँदै आएका छन् । नभाल्नीले शनिबार पुटिनको गृह नगर सेन्ट पीटर्सबर्गमा हुने -यालीलाई संबोधन गर्ने कार्यक्रम थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण