October 3, 2017

अर्जेन्टिनाको जंगलमा एलियन भेटिएपछि..

त्यसो त उडन्त तस्तरी एवं एलियनको बारेमा खास रहस्य खोतलिएकै छैन । यो वास्तविकता हो वा भ्रम, त्यसबारे पनि अझै स्पष्ट छैन । यद्यपि बेलाबखत यिनै बिषयले हंगामा मच्याउँछ । जस्तो कि, हालै अर्जेन्टिनाको जंगलमा प्रहरीले एलियनसँग साक्षतकार गरेको खबरले सनसनी मच्याएको छ ।

 

एक प्रहरी अफिसरका अनुसार घना जंगलको मध्यतिर पुगेपछि एक छायाँ देखा परे, त्यो पूर्ण रुपमा एलियन जस्तै थियो । त्यहाँ गस्तीमा रहेका प्रहरीहरु डराए । उक्त जंगलमा अनौठो घटनाहरु हुन थालेको सूचनाको आधारमा प्रहरी पुगेको थियो, खोजतलासको लागि । जब प्रहरीले जंगलमा खोजतलास सुरु गरे, अनौठो छायाँ देखा पर्‍यो । यहि समय एक प्रहरीले आफ्नो क्यामेरा अन गरे, जसमा अनौठो छायाँ स्पष्टसँग देखियो । त्यो दुरुस्तै एलियन जस्तै रहेको उनीहरुको दावी छ ।

सबैभन्दा पहिला बच्चाले देखेका थिए

पार्कको नजिक बस्ने केहि बच्चाले उक्त दृश्य देखेको दावी गरेका छन् । बच्चाका अनुसार जंगलमा उनीहरुले त्यही छायाँ देखे र डरले भागे । त्यसपछि नै प्रहरीले उक्त क्षेत्रमा खोजतलास गरेको थियो ।

युएफओका शोधकर्ता म्यालकोलम रबिन्सनले यस घटनापछि भनेका छन्, अब यो घटनापछि हामीले विश्वास गर्नैपर्छ । मलाई पूर्ण विश्वास छ कि, एलियन धर्तीमा आइरहेका छन् । पछिललो घटना त्यसैको प्रमाण हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं