कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको सोमबार अनुगमन गरेका छन्। अनुगमनपछि उनीहरूले कारागारभित्र आधारभूत सुविधा अभाव रहेको निष्कर्ष निकालेका छन्।

आयोगकी प्रवक्ता लिली थापाले कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको मुख्य समस्या रहेको बताइन्। उनका अनुसार, पर्याप्त संख्यामा शौचालय छैनन् र रहेका शौचालयहरूको अवस्था पनि सन्तोषजनक छैन।

रविलाई राखिएको ब्लकमा हावा पास हुने व्यवस्था न्यून रहेको थापाको भनाइ छ। उनले भनिन्, “उहाँ बस्ने कोठामा पंखा त छ, तर झ्यालहरू टालिएका रहेछन्। जेल प्रशासनले सुरक्षा कारण देखाएर यस्तो गरेको बताए। हाम्रो आग्रहपछि उनीहरूले झ्याल खोल्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।”

थापाले कोठाभित्र एयर कन्डिसन (एसी) नभएको पनि स्पष्ट पारिन्। साथै, अदालतको आदेश हुँदाहुँदै पनि रविलाई स्थानान्तरण नगरेको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण भएको बताइन्। “यसबारे कारागार व्यवस्थापन विभागसँग छलफल गरिनेछ,” उनले भनिन्।

उनका अनुसार, कारागारमा पत्रपत्रिका नआउने भएकाले रवि लामिछाने उक्त सुविधाबाट पनि वञ्चित छन्।

इन्सेककी प्रतिनिधि रिमा बिसीले कोठाभित्र दुईवटा पंखा रहेको पुष्टि गरिन्। उनले भनिन्, “एउटा ठूलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा छ। तर झ्यालहरू खोलिएका छैनन्। प्रशासनले नजिकै घरहरू हुनु र सर्पदंशको सम्भावना देखाउँदै झ्यालहरू बन्द गरिएको बताएको छ। तर हामीले मोटो जाली वा डन्डी राखेर भए पनि झ्याल खोल्न सुझाव दियौँ, जसलाई उनीहरूले स्वीकार गरेका छन्।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यूएईविरुद्ध पनि नेपालको कमजोर ब्याटिङ, १५३ रनमै अलआउट

  २०८३ कार्तिक २२ गते काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले संयुक्त अरब

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपबारे सरोकारवालाको ध्यानाकर्षण

कार्तिक  १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको

ट्रेड युनियन अधिकार कमजोर पार्ने सरकारी निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूको माग

कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले

समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण, निष्पक्ष छानबिन गर्न आग्रह

१६ कात्तिक २०८३, काठमाडौं । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा

प्रधानन्यायाधीश र न्यायाधीशबारे छानबिन गर्न माग

काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी