
सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ सम्बन्धी मुद्दा दायर गरेको छ।
अस्ट्रेलियाली सङ्घीय प्रहरी (AFP) का सहायक आयुक्त स्टिफन नटका अनुसार ती महिलाले क्यानबेरास्थित ‘गुआन यिन सिट्टा बुद्धिस्ट एसोसिएसन’का गतिविधिबारे गोप्य रूपमा सूचना संकलन गरिरहेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा ती महिलाले आफू चीनको सार्वजनिक सुरक्षा ब्युरो (Public Security Bureau) को निर्देशनमा कार्य गरिरहेको स्वीकारेको प्रहरीको भनाइ छ।
“उक्त कार्य चीन सरकारको गुप्तचर उद्देश्य पूर्तिका लागि गरिएको भन्ने निष्कर्षमा पुगेपछि अभियोग दर्ता गरिएको हो,” सहायक आयुक्त नटले भने।
गत साता क्यानबेराका विभिन्न आवासीय क्षेत्रमा प्रहरीले छापा मारेर ती महिलालाई पक्राउ गरेको हो। छापाका क्रममा विभिन्न इलेक्ट्रोनिक उपकरणसहितका सामाग्री जफत गरिएका छन्। ती सामग्रीहरूमाथि फरेन्सिक परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ सम्बन्धी अपराधमा दोषी ठहरिएमा अधिकतम १५ वर्षसम्मको जेल सजाय हुने प्रावधान छ।
रासस/एएफपी
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट