५ असोज, एजेन्सी : इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनले संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा उठाएका विषयमा कडा जवाफ दिएका छन् । बुधबार महासभालाई सम्बोधन गर्ने क्रममा इरानी राष्ट्रपति रुहानीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कडा जवाफ दिएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार महासभालाई सम्बोधन गर्ने क्रममा इरानलाई दुष्ट शासन सत्ताको सानो समूहको रुपमा चित्रित गरेका थिए । इरानको परमाणु कार्यक्रम र अमेरिका तथा इरानबिच सन् २०१५ मा भएको सम्झौताको विषयलाई लिएर ट्रम्पले यस्तो बताएका थिए । ट्रम्पले परमाणु सम्झौता अमेरिकाका लागि लाजको विषय रहेको पनि बताए ।
त्यसको जवाफमा महासभामा बुधबार सम्बोधन गरेका इरानी राष्ट्रपति रुहानीले ट्रम्पलाई ‘अन्तर्रा्ष्ट्रिय राजनीतिमा दुष्ट नवप्रवेशी’ को रुपमा परिभाषित गरेका हुन् । रुहानीले आफ्नो देशले सन् २०१५ को परमाणु सम्झौता पहिले उल्लंघन नगरेको दाबी गरेका छन् ।
तर कसैले उल्लंघन गरेमा वा आफ्नो देशलाई हानी गर्न खोजेमा इरानले त्यसको जवाफ भने दिने रुहानीको भनाई छ । ट्रम्पले परमाणु सम्झौता भंग गरेमा त्यो निकै दयनीय अवस्था हुने उनले बताएका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित