३ असोज, एजेन्सी : उत्तर कोरियाले विश्व समुदायको प्रतिबन्ध र ब्यापक दबाबका सामू कुनै हालतमा नझुक्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले लगाएको नयाँ प्रतिबन्धबारे औपचारिक प्रतिक्रिया दिँदै उसले प्रतिबन्धले आफूलाई कुनै फरक नपार्ने स्पष्ट पारेको हो ।

उत्तर कोरियाली विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै प्रतिबन्ध र दबाबले आफ्नो परमाणु कार्यक्रमलाई थप गति प्रदान गर्ने बताएको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ ।
उत्तर कोरियासँगको तनाव बढिरहेका बेला यसअघि हिजो अमेरिकाले कोरियाली बम वर्षक विमान पठाएको थियो ।
उसले चारवटा स्टील्थ फाईटर जेट् विमान र २ वटा बम्बर्स उडाएको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ । हिजो चारवटा एफ थ्रिफाईभ बी नामका जेटविमान र टु बी वान बी नामक अमेरिकी रणनीतिक बम्बर्सक विमान कोरियाली प्रायद्वीपमाथि उडेका योन्ह्यापले उल्लेख गरेको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित