२८ भदौ, एजेन्सी : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ प्रतिबन्ध लगाएपछि उत्तर कोरियाले अमेरिकालाई अहिलेसम्मकै कडा चेतावनी दिएको छ । उत्तर कोरियाले अमेरिकालाई अकल्पनीय क्षति पुर्याउने चेतावनी दिएको छ ।

सुरक्षा परिषदले हालै अमेरिकी प्रस्तावमा उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय पारित गरेको थियो । तेल निर्यात रोकेर हतियार खरिदका लागि समस्यामा पार्न उत्तर कोरियाविरुद्ध नयाँ प्रतिवन्धको घोषणा गरिएको छ ।
यसै महिना उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेपछि त्यसैको जवाफस्वरुप राष्ट्रसंघले यो प्रतिबन्ध लगाएको हो । राष्ट्रसंघका लागि उत्तर कोरियाका प्रतिनिधि हान ताय सोङले प्रतिबन्ध अवैध भएको बताएका छन् ।
जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको एक सम्मेलनमा सोङले भने, ‘उत्तर कोरियाले अब जे गर्दैछ त्यसले अमेरिकालाई ठूलो क्षति पुग्नेछ, जुन यसअघि कहिल्यै भएको थिएन ।’ संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले भने लगातार परमाणु हतियार परीक्षण गर्दै आएको छ ।
पछिल्लो समय उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने ब्यालेष्टिक मिसाइल परिक्षण र जापानी आकाशमा क्षेप्यास्त्र प्रहार गरेपछि ठूला शक्ति राष्ट्रहरुमा त्रास फैलिएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित