‘गेम अफ थ्रोन्स’का ‘मास्टरमाइन्ड’

एचबीओ च्यानलमा आइतबार ‘गेम अफ थ्रोन्स’ सिरिज आइरहँदा संसारभरिका मान्छे टिभीअघि झुन्डिन्छन् । विश्वभर एकैपटक सबैभन्दा धेरै हेरिएको सिरिज बन्न सफल ‘गेम अफ थ्रोन्स’ सामाजिक सञ्जालमा हरेक हप्ता ट्रेन्डिङ बन्छ । त्यो देख्दा मूल लेखक जर्ज आरआर मार्टिनको मनमा के खेल्दो हो ?

उनले कतै भनेका थिए, “आफ्नो सन्तानले विश्वभर नाम कमाउँदा एउटा पिता वा मातालाई कस्तो अनुभव हुन्छ होला ? मलाई त्यस्तै खुसी लाग्छ र फुरुंग हुन्छु ।”

जर्ज मार्टिनको पुस्तकमा आधारित रहेर बनेको ‘गेम अफ थ्रोन्स’का सात वटै संस्करण एक से एक ‘ब्लकबस्टर’ छन् । कथाभित्रका घटनालाई लिएर ‘टाइम’, ‘न्युयोर्क टाइम्स’जस्ता संस्थाले समाचार बनाउँछन् ।

‘गेम अफ थ्रोन्स’ डीबी विस र डेभिड बिनोफको अवधारणामा बनेको हो । सुरुमा विस र बिनोफले ‘अ सङ अफ आइस एन्ड फायर’ पुस्तकमा आधारित सिरिज बनाउन अनुमति लिन जाँदा मार्टिनले अस्वीकार गरेका थिए । आफूले सोधेको प्रश्नको सही उत्तर दिन सकेमात्र त्यसलाई नाटक बनाउने दिने सर्त उनको थियो । संयोगवश डेभिडले उत्तर मिलाए र मार्टिने अनुमति दिए ।

‘गेम अफ थ्रोन्स’को मूल पुस्तक पहिलो पटक सन् १९९६ मा प्रकाशित भएको थियो । ‘अ सङ अफ आइस एन्ड फायर’ सिरिजमा प्रकाशित यो पुस्तकले सन् १९९७ मा ‘लोकस अवार्ड’ पाएको थियो । ट्रियोलोजीको योजना भए पनि यो धाराबाहिक ७ संस्करणसम्म लम्बियो र सातौं सिजन भर्खरै सकिएको छ । मार्टिनले यसमा सह–कार्यकारी निर्माताको भूमिका निर्वाह गरेका छन् । उनले चार भागको पटकथा पनि लेखेका थिए ।

‘गेम अफ थ्रोन्स’ पहिलो वर्ष प्रसारित हुँदा १३ वटा एमी अवार्डका लागि मनोनयनमा परेको थियो । त्यतिखेर यसले दुई वटा अवार्ड पाएको थियो । सन् २०१२ मा ‘ह्युगो अवार्ड’का लागि पनि मनोनयनमा परेको थियो । लेखक मार्टिनले पनि थुप्र्रै पुरस्कारहरू प्राप्त गरेका छन् ।

‘गेम अफ थ्रोन्स’मा प्राचीनकालीन कथा छ । यो नितान्त श्वेरकाल्पिनक नाटक हो । मान्छे–मान्छे र परिवार–परिवारबीचको लडाइँसँगै षड्यन्त्रका तानाबाना यसमा देखाइन्छ । यौन पनि प्रधान विषय हो ।

लेखन यात्रा

मार्टिनको पूरा नाम जर्ज रेमन्ड रिर्चाड मार्टिन हो । उनी सन् १९४८ मा न्यु जर्सीको वियोनमा जन्मेका हुन् । उनका बुवा इटालियन र आमा आइरिस हुन् ।

मार्टिनले २१ वर्षको उमरबाटै लेखन यात्रा सुरु गरेका हुन् । उनको पहिलो कथा ‘द हिरो’ हो, जुन ‘ग्यालेक्सी’ नामक पत्रिकामा (सन् १९७१) प्रकाशित भएको थियो । ‘ह्युगो अवार्ड’ र ‘नेबुला अवार्ड’मा परेको उनको पहिलो कथा ‘विथ मर्निङ्स कम मिस्टफल’ जुन १९७३ मा ‘एनालग’ पत्रिकामा प्रकाशित भएको थियो ।

मार्टिन विज्ञान, श्वेरपरिकल्पना र हरर विषयमा बढी लेख्छन् । मार्टिनको कामलाई कदर गर्र्दै ‘लस एन्जलस टाइम्स’ले लेखेको छ, “मार्टिनका कथा जटिल विषयवस्तु, आकर्षक चरित्र, उत्कृष्ट संवाद र उत्तम गतिले भरिपूर्ण हुन्छन् ।”

मार्टिनको पहिलो उपन्यास ‘डाइङ अफ द लाइट’ले उनको लेखन करिअरलाई दिशा दिएको हो । यो कथा अलि भावुक खालको छ । उनका प्रायः कथाहरू उदास र भावुक पाइन्छन् । उनको कथाका अधिकांश पात्रहरु बहुमुखी हुन्छन्, जसलाई बुझ्न कठिन हुन्छ । पात्रहरू महत्वाकांक्षी हुन्छन् । उनका कथाहरूमा सामाजिक गतिशीलता पाइन्छ ।

एक समय मार्टिन टिभीमा आफ्ना कुनै पनि नाटक प्रसारण नभएका कारण हतोत्साहितसमेत भएका थिए । त्यसले उनलाई जतिसक्यो लेख्न हौस्यायो पनि । त्यही चरणमा उनले ‘अ गेम अफ थ्रोन्स’ जन्मायो र जीवनले नै कोल्टे फे¥यो । 

व्यक्तिगत जीवन

सन् १९७० को आरम्भमा मार्टिनको सम्बन्ध लिजा टटलसँग थियो । उनीसँगको सहकार्यमा मार्टिनले ‘विन्डह्यावेन’ नामक पुस्तक लेखे । त्यसपछि एउटा विज्ञान सम्मेलनमा मार्टिनको भेट गेल बर्निकसँग भयो । सन् १९७५ मा उनीहरूको विवाह भयो । तर, कुनै कारणबिनै उनीहरूले १९७९ मा सम्बन्ध बिच्छेद गरे । सन् २०११ मा मार्टिनले लामो समयदेखिको साथी पेरिस म्याक ब्राइडसँग सानो जमघटमा विवाह गरे । सन् २०११ अगस्ट १९ का दिन दुबैले पुनः ठूलो भोज आयोजना गरेर विवाहको घोषणा गरे ।

मार्टिनको धर्मलाई लिएर धेरैले धेर प्रश्न गरिरहन्छन् । उत्तरमा उनी भन्छन्, “म आफूलाई खसेको क्याथोलिक ठान्छु, तपाईंहरुले मलाई नास्तिक अथवा धार्मिकको रूपमा लिन सक्नु हुन्छ । म धर्म र संस्कृतिलाई मनोरञ्जनको रूपमा मात्र लिन्छु ।”

आफ्नो जीवनै लेखनमा समर्पित गरेका मार्टिनले थुप्रै पुरस्कारहरू पाएका छन् । तीमध्ये सन् १९७५ मा ‘अ सङ फर ल्या’का लागि पाएको ‘ह्युगो अवार्ड’लाई उनी महत्वपूर्ण ठान्छन् । त्यससँगै उत्कृष्ट लघु उपन्यासका लागि उनले ‘स्यान्ड किङ’बाट ‘नेबुला अवार्ड’ र ‘ह्युगो अवार्ड’ पाएका छन् । ‘द वे अफ क्रस एन्ड ड्र्यागन’लाई सबैभन्दा छोटो उत्कृष्ट कथाको लागि ‘हुगो अवार्ड’ दिइएको छ । ‘गेम अफ थ्रोन्स’बाट पनि उनले थुप्रै पुरस्कार पाएका छन् ।

टेलिभिजनमा मार्टिन

मार्टिन उपन्याससँगै टेलिभिजनमा पनि उतिकै सक्रिय छन् । उनले लेखेका धेरै नाटकहरू टेलिभिजनबाट प्रसारण हुने गरेका छन् । ‘द लास्ट डिफेन्डर अफ क्यामलेट’, ‘द वन्स एन्ड फ्युचर किङ’, ‘द ससर अफ लोन्लिनेस’ लगायत विभिन्न नाटक तथा टेलिसिरियलमा उनको योगदान छ ।

पछिल्लो उपन्यास

मार्टिनको पछिल्लो उपन्यास ‘द विन्ड्स अफ विन्टर’ हो । यसका २ वटा भाग १ हजार ५ सयभन्दा बढी पृष्ठका छन् । यो उपन्यास सन् २०१७ मा प्रकाशन भएको हो । यसलाई धेरै पाठकले रुचाएका छन् । यो उपन्यासलाई पुस्तक प्रदर्शनीमासमेत राखिएको थियो ।

कमिक्सका प्रशंसक

मार्टिन कमिक्सअरु अत्यधिक पढ्थे । उनी कमिक्स पढेर हुर्किएका हुन् । अहिले पनि उनीसँग कमिक्सहरूको संकलन छ । यसले पनि उनलाई युवावयमै लेखक बन्न हौस्याएको हो ।

बाल्यकालमा उनी धेरैजसो समय राक्षसी कथाहरू पढ्थे । आफूले पढिसकेर छिमेकका बच्चाहरूलाई बेच्थे । पछि उनीहरूले नराम्रा सपना देख्न थालेको गुनासो बढेपछि यो क्रम बन्द भयो ।

प्रस्तुति : रुमु न्यौपाने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

चन्द्रतर्फ आर्टेमिस–२ उडान

क फ्लोरिडा, चैत २० । NASA को ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार अन्तरिक्षयात्री शुक्रबार Kennedy Space Center

युद्धविरामका लागि अमेरिकाको १५ बुँदे प्रस्ताव, इरान मौन

काठमाडौं, चैत ११ ।इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले