२३ भदौ, एजेन्सी – मेक्सिकोमा ८.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरको दक्षिणी तटमा रहेको पिजिजिपान शहरको दक्षिण पश्चिमको ८५ किलोमिटर पर र ७० किलोमिटर गहिराईमा केन्द्रविन्दु भएर स्थानीय समयअनुसार विहान साढे १० बजे भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भे युएसजीएसले जनाएको छ ।

एक मिनेटसम्म लगातार भुकम्पको धक्का महासुस गरिएको बीबीसीले जनाएको छ । स्थानीयलाई उदेत गर्दै बीबीसीले जनाए अनुसार भुकम्पको यति ठूलो धक्का अहिलेसम्म महसुस गरिएको थिएन ।
भूकम्पको धक्काले राजधानी मेक्सिको सिटिका घरहरु जोडले हल्लिएका थिए । भूकम्पपछि मेक्सिकोसहित ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुआ, पनामा र होण्डुरसमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।
क्षतिको विवरण आइनसकेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जानएका छन् । भूकम्प लगत्तै ४.९ देखि ५.७ रेक्टर सम्म्का पराकम्प गइरहेको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित