२० भदौ, एजेन्सी – उत्तर कोरियाले युद्धको सुरुवात गरेको अमेरिकाले आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालिन बैठकमा बोल्दै राष्ट्रसंघका लागि अमेरीकी राजदूत निकी हेलीले शक्तिशाली परमाणु बमको परीक्षण गरेर उत्तर कोरियाका नेता किम जोङ उनले नयाँ युद्धको सुरुवात गरेको बताइन ।
उत्तर कोरियाले आइतबार हाइड्रोजन बमको सफल परीक्षण गरेपछिको अवस्थाबारे छलफल गर्न सुरक्षा परिषदको आपतकालिन बैठक बोलाइएको हो । न्युयोर्कमा बसेको बैठकमा अमेरिका युद्धको पक्षमा नरहेको भन्दै हेलीले तर आफूहरुको धैर्यता असिमित नरहेको चेतावनी पनि दिइन ।
बैठकमा अमेरिकाले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध थप कडा बनाउने प्रस्ताव गरेको छ । उत्तर कोरियाको मुख्य सहयोगी रहँदै आएको चीनले वार्ताको प्रस्ताव गरेको छ भने स्वीट्जरल्याण्डले मध्यस्थता गर्न तयार रहेको बताएको छ । परमाणु परीक्षणको जवाफस्वरुप दक्षिण कोरियाले हिजो लाइभ–फायर एक्सरसाइज गरेको थियो ।
यसैबीच, उत्तर कोरियाले नयाँ मिसाइल परीक्षणको तयारी गरेको विश्लेषकले बताएका छन् । उत्तर कोरियाले आइतबार परीक्षण गरेको हाइड्रोजन बम सन् १९४५ मा जापानको हिरोशिमा ध्वस्त पारेको बम भन्दा तीनगुणा ठूलो रहेको अनुमान गरिएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित