गोली खाँदै १८ हजार रोहिंज्या भागेर बंगलादेश पुगे

१५ भदौ, एजेन्सी – म्यानमारवाट एक हप्तामा १८ हजारभन्दा बढि रोहिंज्या मुसलमानहरु भागेर बंगलादेश प्रवेश गरेका छन् ।

rohingyaafp

म्यानमारको रखाइन प्रान्तबाट बंगलादेशमा पुगेका एकदर्जन शरणार्थीहरुको शरीरमा गोलीको ताजा घाउ समेत रहेको अन्तराष्ट्रिय आप्रवसन संगठनले जानकारी दिएको छ ।

दुई देशबीचको सीमा क्षेत्रमा अझै पनि हजारौं मानिसहरु अलपत्र रहेका हुनसक्ने बताइएको छ । म्यानमारको रखाइन प्रान्तमा भएको पछिल्लो हिंसात्मक घटनामा कम्तीमा एक सयजना मानिसको मृत्यु भएको बताइएको छ । तिमध्ये अधिकांश विद्रोहीहरु रहेका छन् ।

रोहिंज्या विद्रोहीहरुले ३० वटा प्रहरी चौकीहरुमा आक्रमण गरेपछि पछिल्लो सकंट देखा परेको हो । रोहिंज्याको हमलापछि भएको सैनिक कार्वाहीका क्रममा रोहिंज्याहरुको जथाभावी ज्यान लिने गरिएको, बलात्कार र यातनाका घटनाहरु चर्केको व्यापक आरोपहरु लगाइएको छ ।

परिणाम स्वरुप ठूलो संख्यामा रोहिंज्याहरु भागेर बंगलादेश पसेका हुन । रखाइन म्यानमारको सबैभन्दा गरिब क्षेत्र हो । जहाँ १० लाखभन्दा बढी रोहिंज्याहरु बसोबास गर्ने गर्छन् ।
बौद्धमार्गीहरुको बाहुल्य रहेको म्यानमारमा कडा बन्देजहरुको सामना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित