१३ भदाै,काठमाडौं – अफगानिस्तानको राजधानी काबुलमा रहेको काबुल बैंकको शाखामा भएको आत्मघाती आक्रमणमा ५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ८ जना घाइते भएका छन् ।
आक्रमणको जिम्मेवारी तालिवान विद्रोहीले लिएको छ । इद अल–अदा नजिकिँदै गर्दा मानिसहरु बैंकमा पैसा लिन आएको र सोही समयमा भएको आक्रमणमा मारिने अधिकांश सेना र प्रहरी भएको अधिकारीहरुलाई उदृत गर्दै रोयर्टसले जनाएको छ ।
अमेरिकी राजदूतावास भएको उक्त क्षेत्रमा भएको आक्रमणले अफगानिस्तानको सुरक्षा चुनौती झन् बढाइदिएको छ । अफगानिस्तानमा यो वर्षको पहिलो ६ महिनामा भएका आक्रमणको घटनामा २०९ सर्वसाधारण मारिइसकेको र ७७७ जना घाइते भएको राष्ट्रसंघको तथ्याङ्क छ ।
अफगानि तालिवानले आफ्नो आक्रमणको निशानामा बैंकलाई बनाउँदै आएका छन् । सेना र प्रहरीले आफ्नो जम्मा भएको पैसा झिक्न आउँदा उनीहरुलाई निशाना बनाउन तालिवानले बैंकमा आक्रमण गर्ने नयाँ रणनीति बनाएको तालिवान प्रवक्ता जाबिहुल्ला मुजाहिदले बताए ।
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण