उत्तर कोरियाले गरेको मिसाइल परीक्षण खस्यो जापानी समून्द्रमा

१३ भदौ, एजेन्सी – उत्तर कोरियाले विभिन्न प्रतिबन्धको सामना गरेपनि फेरि मिसाइल परीक्षण गरेको छ । जापान सरकारले उत्तर कोरियाले प्रहार गरेको मिसाइल आफ्नो उत्तरी क्षेत्रमाथिबाट समुद्रमा खसेको जनाएको छ ।

97579358_japan-hokkaido

यसअघि जमिनमाथिबाट कुनैपनि मिसाईल परिक्षण गरिएको थिएन । उत्तरले गरेको मिसाइल परिक्षणले दुई देशबीचको तनाब बढेको छ । स्थानीय समय अनुसार आज बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ ।

जापानले मिसाइल ध्वस्त पार्नका लागि केहि पनि प्रयास नगरेको अधिकारीहरुले बताएका छन् । मिसाइलले जापानको उत्तरी होकाइडोबाट पूर्व झण्डै तीन हजार किलोमिटरको दुरी तय गरेको थियो । मिसाइल समुद्रमा खस्नुअघि तीन टुक्रा भएको थियो ।

शनिबार उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट तीनवटा छोटो दूरीका मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले पछिल्लो ८ वर्षमा धेरै प्रकारका मिसाइल परीक्षण गरेको छ । तर जापानको माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको यो पहिलो पटक हो ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले नागरिकको जीवन सुरक्षित राख्न सबैप्रकारका प्रयास थालिने बताएका छन । त्यस्तै जापानी अधिकारीले उत्तरलाई उचित कदम चाल्ने चेतावनी दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण