प्लास्टिकका झोला बेच्ने वा प्रयोग गर्नेलाई ३८ हजार डलर जरिवाना

१२ भदौ, एजेन्सी – पूर्वी अफ्रिकी देश केन्यामा वातावरण संरक्षणका लागि भन्दै प्लास्टिक झोलामा प्रतिबन्ध लगाईएको छ ।

Plastic-Bag-in-Kenyaकेन्यामा आजदेखि लागु हुने नयाँ कानुन अनुसार पलास्टिकका झोला बेच्ने, उत्पादन गर्ने र प्रयोग गर्नेलाई ३८ हजार डलर जरिवाना अथवा ४ बर्ष जेल सजाय हुने बिबिसीले जनाएको छ ।

केन्याको वातावरण मन्त्रालयले नयाँ प्रतिबन्धले वातावरण संरक्षणमा सघाउ पुग्ने विश्वास ब्यक्त गरेको समाचारमा उल्लेख छ । केन्यामा गएको एक दशकको अवधिमा प्लास्टिकका झोलामा तेस्रो पटक प्रतिबन्ध लगाईएको हो ।

तर प्लास्टिक उत्पादक तथा व्यवसायीहरुले भने प्रतिबन्धले ८० हजारभन्दा बढी मानिसको रोजगारी गुम्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । शुक्रबार उनिहरुले प्लास्टिकको उत्पादन र प्रयोगमा तत्काल प्रतिबन्ध लगाउन नहुने भन्दै दिएको निवदेन अदालतले खारेज गरिदिएको थियो ।

नयाँ नियमको कार्यान्वयनमा आशंका व्यक्त गरिएको छ । उपभोक्ताहरु प्लास्टिकको झोला बिनाको दैनिकीमा समायोजित हुने नहुने अनिश्चित जस्तै देखिएको संरक्षणकर्मीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त