आत्मघाती आक्रमणमा १४ जना को मृत्यु

काठमाडौं, ९ भदौ — अफगानिस्तानको राजधानी काबुलस्थित एक शिया मस्जिदमा शुक्रवारको प्रार्थनाका लागि भेला भएका मानिसहरूलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा १४ व्यक्तिको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् ।

mosque

एक आत्मघाती आक्रमणकारीले मस्जिदमा बम विस्फोट गराएको थियो भने अन्य आक्रमणकारीले भवनमा छिरेर जथाभावी गोलीप्रहार गरेका थिए ।

घटनाको जिम्मेवारी कसैले पनि नलिएको भएपनि इस्लामिक स्टेटका लडाकुहरूले अल्पसंख्यक शियाहरूलाई लक्षित गर्दै आएका छन् ।

गृह मन्त्रालयका एक प्रवक्ताले कम्तीमा १४ जना मारिएको र त्यसमा दुई प्रहरी पनि परेको बताए ।

घटनाका प्रत्यक्षदर्शीहरूले बताएअनुसार आक्रमणकारीहरूले ग्रिनेड फ्याँकेका थिए भने आत्मघाती आक्रमणकारीले गेटमा विस्फोट गराएको थियो ।

आक्रमणकारीले विस्फोट पदार्थसहितको भेस्ट लगाएको थियो र गेटमा रहेका गार्डहरूलाई मारिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित