काठमाडौं, ९ भदौ — अफगानिस्तानको राजधानी काबुलस्थित एक शिया मस्जिदमा शुक्रवारको प्रार्थनाका लागि भेला भएका मानिसहरूलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा १४ व्यक्तिको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् ।
एक आत्मघाती आक्रमणकारीले मस्जिदमा बम विस्फोट गराएको थियो भने अन्य आक्रमणकारीले भवनमा छिरेर जथाभावी गोलीप्रहार गरेका थिए ।
घटनाको जिम्मेवारी कसैले पनि नलिएको भएपनि इस्लामिक स्टेटका लडाकुहरूले अल्पसंख्यक शियाहरूलाई लक्षित गर्दै आएका छन् ।
गृह मन्त्रालयका एक प्रवक्ताले कम्तीमा १४ जना मारिएको र त्यसमा दुई प्रहरी पनि परेको बताए ।
घटनाका प्रत्यक्षदर्शीहरूले बताएअनुसार आक्रमणकारीहरूले ग्रिनेड फ्याँकेका थिए भने आत्मघाती आक्रमणकारीले गेटमा विस्फोट गराएको थियो ।
आक्रमणकारीले विस्फोट पदार्थसहितको भेस्ट लगाएको थियो र गेटमा रहेका गार्डहरूलाई मारिदिएको थियो ।
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण