एजेन्सी – दक्षिणी चीनमा आएको शक्तिशाली सामुन्द्रिक आँधीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । १ सय ६० किलोमिटर प्रतिघण्टाको बेगमा आएको हाटो नामक आँधी हिजो दिउँसो ग्वाङडुङ प्रान्तको जुहाइ शहरमा प्रवेश गरेको थियो ।

आँधीका कारण मकाउमा आठजनाको र चिनियाँ मुख्य भूभागमा चारजनाको ज्यान गएको हो । १ सय ५३ भन्दा बढी मानिस घाइते भएका छन् । सामुन्द्रिक आँधीले बाढी नै बस्तीमा पसेपछि ठूलो क्षति भएको हो ।
बिजुली आपूर्ति बन्द भएको छ । चिनियाँ सञ्चारमाध्यहरुका अनुसार मुख्य भूभागबाट २७ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आँधी मकाउतर्फ मोडिने क्रममा एउटा पर्खाला भत्किएर थिच्दा एक व्यक्तिको मृत्यु भएको थियो ।
अर्का एक व्यक्तिको घरको ११ औं तलाबाट खसेर मृत्यु भएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । अधिकारीहरुले बाढीपहिरो लगायत प्रकोप आउन सक्ने भन्दै सजग रहन निर्देशन दिएका छन् ।
आँधीसँगै आएको बाढीले ६ सय ६४ हेक्टर खेतीयोग्य जमिन पनि नष्ट गरेको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित