महिलालाई आक्रमण गरेको आरोप लागेपछि मन्त्रीद्वारा राजिनामा

४ भदौ, प्रिटोरिया (दक्षिण अफ्रिका) । दक्षिण अफ्रिकामा एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजिनामा दिएका छन ।

गत सप्ताहान्तमा राजधानी जोहान्सबर्गस्थित एक रात्रि क्लबमा पुगेका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनाना र एकजना महिलाबीच भनाभन भएको थियो ।

उपमन्त्री मनानाले आक्रोशमा आएर आफ्नो मर्यादा विपरित उक्त महिलालाई अप्रत्याशित आक्रमण गरी जथाभावी कुटपिट गर्दा ठूलो होहल्ला हुन गएको थियो । यस घटना पश्चात् उपमन्त्री मनानाले पदबाट राजिनामा दिएका हुन ।

उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल काँग्रेसका सदस्य हुन । राजिनामा पत्रमा उनले आफ्नो गैह्र जिम्मेबार क्रियाकलापप्रति पश्चाताप सहित राष्ट्रका नाममा क्षमायाचना गरेको जनाइएको छ ।

आफ्नो हीनतापूर्ण कार्यबाट सत्तारुढ दल अफ्रिकन नेशनल काँग्रेस र देशको मन्त्रीमण्डल समेतले लज्जाबोध गर्नु परेका कारण राजिनामा दिएको उनले स्विकार गरेका छन । मन्त्रीपदबाट राजिनामा दिए पनि उनले संसद् सदस्यता भने त्याग गर्ने छैनन ।

उपमन्त्री मनानाको राजिनामा तत्कालै स्वीकृत गर्नुहुँदै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले हालसम्म आफ्नो कत्र्तब्य निर्बाह गरी सरकारलाई सहयोग गरेकोमा मनानालाई धन्यबाद दिएको एक विज्ञप्तिमा जनाइएको छ ।

साथै, सत्तारुढ पार्टी अफ्रिकन नेशनल काँग्रेसले पनि उपमन्त्रीको राजिनामालाई ठीक कार्य गरेको ठहर गर्दै पार्टी प्रवक्ता जिजि कोद्वाले मनानालाई धन्यवाद दिएका छन् ।

महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले नियन्त्रणमा लिई स्थानीय अदालतमा तुरुन्तै मुद्दा चलाएको थियो ।

अदालतमा पाँचहजार दक्षिण अफ्रिकी -यान्ड (तीनसय असी अमेरिकी डलर) धरौटी राखेपछि मात्र उपमन्त्री मनाना हिरासत मुक्त भएका छन ।

आगामी सेप्टेम्बर १३ का दिन यस मुद्दाको सुनुवाई हुने भएकाले यस दिन उनी अदालतमा उपस्थित हुनु पर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित