भारत-पाकिस्तान सीमा क्षेत्रमा सैनिकबीच गोली हानाहान

१ भदौ, श्रीनगर (भारत प्रशासित काश्मिर) भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको समाचार छ ।

kashmir-police-242035311

दुवै देशका सैनिकले दुवै तर्फबाट गोली हानेका तर कतैतर्फ मानवीय हताहत भने नभएको समाचारमा जनाइएको छ । काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो गोली हानाहान भएको थियो । उक्त क्षेत्र श्रीनगरबाट करिब १८५ किलोमीटर टाढा पर्दछ ।

सो क्षेत्रमा बुधबार बिहान सबेरै करिब ५:३० बजेबाट यस्तो गोली हानाहान शुरु भएको थियो । दुवै देशका सेनाको तर्फबाट एकले अर्कोलाई ताकेरै गोली हानेको प्राप्त समाचारमा जनाइएको छ ।

यसरी गोली हानाहानको स्थिति अपराह्न करिब १ बजेसम्म नै जारी रहेको थियो । एकजना भारतीय रक्षा अधिकारीले भारततर्फ यस आक्रमणबाट कुनै मानवीय क्षति नभएको जानकारी सिन्ह्वा समाचार समितिलाई दिएका छन् ।

गत हप्ता पनि सोही क्षेत्रमा यसैगरी गोली हानाहान भएको थियो । त्यसमा परेर एकजना भारतीय सैनिक र एक सर्वसाधारण महिलाको ज्यान गएको थियो ।

ती भारतीय अधिकारीका अनुसार भारत प्रशासित सो क्षेत्रमा यस वर्ष कम्तीमा पनि ३०० वटा यस्तै गोली हानाहानका घटना भएका छन् । तिनमा परेर केही सर्वसाधारण नागरिकका साथै सैनिकको पनि ज्यान गएको छ ।

यस्ता दोहोरो फायरिङ गर्नेमा भारत र पाकिस्तानले एकले अर्को देशलाई दोषारोपण गर्ने गरेका छन् । आजको घटनामा पनि एकले अर्कोलाई आक्रमणको दोष दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित