चीनले बाढीपीडितलाई दिने भयो १० लाख अमेरिकी डलर अनुदान

 

काठमाडौ, ३१ साउन । लगातारको वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण सयौँको संख्यामा नागरिकले ज्यान गुमाएपछि चिनिया सरकारले नेपाललाई १० लाख अमेरिकी डलर अनुदान दिने भएको छ । यसलाई चीनिया पक्षले आपत्कालिन सहयोग भनेको छ ।चिनिया उपप्रधानमन्त्री वाङ याङले बाढी पीडितका लागि १० लाख अमेरिकी डलर अनुदान सहायता दिने घोषणा गरेका हुन् ।उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छादारले आयोजना गरेको दिवाभोजका क्रममा उनले यस्तो घोषणा गरेका हुन् । उपप्रधानमन्त्री गच्छादारले चिनिया उपप्रधानमन्त्री वाङको सम्मानमा सोल्टी होटलमा दिएका हुन् ।

त्यस्तैगरी नेपाली पक्ष र चीनिया पक्षबीच वार्ता समेत भएको छ ।वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन्।लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी छन्।सोमबार पाकिस्तानबाट काठमाडौं आएका याङ र नेपाल सरकारबीच तीन सम्झौतामा हस्ताक्षेर गर्ने कार्यक्रम छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ । उनीहरुसँगको भेट पनि सोल्टीमै हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि