म्यानचेस्टर सिटीको विजय सुरुआत

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजय सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले प्रिमियर लिगको नयाँ क्लब ब्राइटन अल्बियोनलाई २ – ० ले पराजित गरेको हो  । 

12

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । यसै सिजन प्रिमियर लिगमा बधुवा भएको ब्राइटनले बलियो टोलि सिटीलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा ब्राइटनले उक्त प्रदर्शन  दोहोराउन सकेनन् । 

दोस्रो हाफको ७० औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई १ – ० को अग्रता दिलाए । त्यसको पाँच मिनेट नबित्दै सिटीले आत्मघाती गोलको  उपहार पायो ।  खेलको ७५ औ मिनेटमा ब्राइटनका लेविस डुंकले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन र खेल सिटीले २ – ० ले जित्दै नयाँ सिजनको उत्कृष्ट सुरुवात गर्यो ।

जितसँगै म्यानचेस्टर सिटीले  ३ अंक जोडेको छ । र, सिटि लिगको दोस्रो स्थानमा छ । लिगको शिर्ष स्थानमा यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हडर्सफिल्ड टाउन रहेको छ । हडर्सफिल्डले शनिबार राति क्रिष्टल प्यालेसलाई ३ – ० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि