शितलले तेस्रोलिङ्गी बिनितालाई नचाएपछि……

बुटबल । सञ्चारकर्मी तथा गायिका शितल शर्माले चर्चित पानी जहाज १ र २ सार्वजनिक गरेपछि अहिले तिजको गीत बजारमा ल्याएकी छिन् । नेपालको विकास र समृद्धिसंग जोडेर गायकको पानी जहाजको सफलता पछि तिजमा मौलिक पाराको परम्परा धान्ने खालको मात्रै नभै पुरानो पुस्ता र अहिलेको दुबैलाई सम्बोधन हुने खालको नमुना जोडी नामको तिज गीत सार्वजनिक गरेकी हुन ।
बुटवलको बुद्ध टेलिभिजनमा कार्यरत शर्माले तेस्रो लिङ्गी बिनिता शाहीलाई आफ्नो म्युजिक भिडियोमा खेलाएकी छिन् । स्टेज कार्यक्रममा सबै भन्दा अब्बल रहदै आएकी बिनिता पहिलो पटक तिज गीतमा मोडलिङ गरेकी हुन् । बिनिताको यो नमुना जोडी नै पहिलो म्युजिक भिडियो रहेको बताएकि छिन् । बिनितालाई चर्चित उद्घोषीका शितल शर्माले आफ्नो तिजको उपहार नमुना जोडीमा नचाउन सफल भएकी छिन् । बिनिता पनि शितलको गीतमा जमेरै नाचेकी छन् ।

सबदेशसंगै बिदेशमा पनि राम्रो डान्सर भनेर कहलिएकी शाही तेस्रो लिङ्गी हुन । आफु तेस्रो लिङ्गी भएकोमा गर्व गर्ने बिनितिाले नेपालीहरुको तिजमा आफु जम्ने दावी गरेकी छिन । तेस्रो लिङ्गी बिनिताले बिगत केहि बर्ष देखि स्वदेश र बिदेश स्टेजमा जम्दै आएकी छन् । अहिले सम्म बिनिता कुनै म्युजिक भिडियो खेलिनन् तर पहिलो पटक शितल शर्मा नमुना जोडी मार्फत नै आफुलाई सार्वजनिक गरिन । पहिलो पटक म्युजिक भिडियो खेल्न पाएकोमा दङ्ग बिनिताले शितल शर्मा नमुना जोडीलाई नमुना म्युजिक भिडियो बनेको बताइन । यो पटक स्टेज जम्ने गित तिजमा गित शिलत शर्माले बजारमा ल्याएको दावी गर्दै सबैलाई शितलको गितसगै तिज मनाउन आग्रह गरिन ।

सांगीतिक कोशेली पानी जहाज देखि चर्चामा आएकी गायीका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली नमुना जोडी सार्बजनिक गरेकी छिन, बिन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फिल्मस्ले गरेको छ । जुन भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन्, आफ्नो जोडीलाई नमुना जोडी बनाउ भन्दै माया र विश्वासका शब्दहरुले भरिएको तीज कोशेली दर्शकको माझमा आएको छ ।

बुटवलकै कलाकार राज केसी , मिनुजÞ राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा मीनूजले नै नृत्य निर्देशक को भूमिका निभाएका छन । सगुन शर्माको श्रृगार रहेको छ । बुटवलको चर्चित अम्रपालि ब्याङ्गकेट मा छायांकन भएको भिडियो ले दर्शकको मन जित्ने निर्माण पक्ष्य बताउछ राजेन्द्र भण्डारीको शब्द, पुरुषात्तम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुसोत्तम गैरेको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले