इस्लामाबाद, २७ साउन – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार भएको बम विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु २५ जना घाइते भएका छन् ।

कसलाई लक्षित गरी आक्रमण गरिएको थियो भन्ने कुराको अहिलेसम्म पनि एकिन नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । तर विष्फोटनमा परी मृत्यु हुनेहरू सवै जना पैदलयात्री रहेका बताइएको छ ।
सडकको छेउमा विस्फोटक पदार्थ राखेर रिमोर्ट मार्फत् लडाकूहरूले विस्फोटन गराएको स्थानीय राजनीतिक पदाधिकारीले जानकारी दिएका छन् ।
घाइते सवैलाई विभिन्न स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ भने घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ ।
विस्फोटनपछि घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । अहिले सम्म घटनाको कुनै पनि समुहले जिम्मेबारी लिएको छैन ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित