२६ साउन, इस्लामावाद – उत्तरपश्चिमी पाकिस्तानमा बुधबार बिहान सबेरै भएको दोहोरो गोली हानाहानमा परी एक वरिष्ठ सैनिक अधिकारीलगायत चारको मृत्यु भएको छ ।
खैबर पाख्तुनख्वा प्रान्तमा लुकेर बसेका तालिवान आतङ्ककारीहरु लक्षित जारी सुरक्षा कारबाहीको क्रममा सुरक्षाबल र आतङ्ककारीबीच भएको झडपको क्रममा चार सैनिकको मृत्यु भएको छ । सुरक्षा कारबाहीमा संलग्न सुरक्षा समूहमाथि आतङककारी समूहले सुरु गरेको गोली प्रहारपछि झडप सुरु भएको थियो ।
त्यहाँ रहेका दुई आत्मघाती आक्रमणकारीमा एक भने आफै गरेको आत्मघाती आक्रमणमा मारिएका छन भने अर्को एक भने दोहोरो गोली प्रहारका क्रममा सुरक्षा अधिकारीले प्रहार गरेको गोली लागेर मृत्यु भएको थियो ।
यस आतङ्ककारी आक्रमण एक वरिष्ठ अधिकारीसहित चार सैनिकले ज्यान गुमाएका सैनिक स्रोतले जानकारी दिएको छ । यस आक्रमणको कुनै पनि आतङ्ककारी समूहले जिम्मा भने लिएका छैनन् । खैवर पाख्तुनख्वा प्रान्तको दिर जिल्लामा तेहरिक ई तालिवान पाकिस्तानको पहिलैदेखि नै सक्रिय रहदै आएको पाइन्छ ।
यद्यपी अफगानिस्तानको सीमा क्षेत्रमा रहेको यो इलाका सुरक्षा अधिकारीहरुले जारी राखेको कारबाहीको क्रममा आतङ्ककारीहरु सङ्ख्या घैरै कम भएको छ । रासस
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित