सुरक्षाबल र आतङ्ककारीबीच दोहोरो गोली हानाहान , चार सैनिकको मृत्यु

२६ साउन, इस्लामावाद – उत्तरपश्चिमी पाकिस्तानमा बुधबार बिहान सबेरै भएको दोहोरो गोली हानाहानमा परी एक वरिष्ठ सैनिक अधिकारीलगायत चारको मृत्यु भएको छ ।

Pakistan-bomb-blastखैबर पाख्तुनख्वा प्रान्तमा लुकेर बसेका तालिवान आतङ्ककारीहरु लक्षित जारी सुरक्षा कारबाहीको क्रममा सुरक्षाबल र आतङ्ककारीबीच भएको झडपको क्रममा चार सैनिकको मृत्यु भएको छ । सुरक्षा कारबाहीमा संलग्न सुरक्षा समूहमाथि आतङककारी समूहले सुरु गरेको गोली प्रहारपछि झडप सुरु भएको थियो ।

त्यहाँ रहेका दुई आत्मघाती आक्रमणकारीमा एक भने आफै गरेको आत्मघाती आक्रमणमा मारिएका छन भने अर्को एक भने दोहोरो गोली प्रहारका क्रममा सुरक्षा अधिकारीले प्रहार गरेको गोली लागेर मृत्यु भएको थियो ।

यस आतङ्ककारी आक्रमण एक वरिष्ठ अधिकारीसहित चार सैनिकले ज्यान गुमाएका सैनिक स्रोतले जानकारी दिएको छ । यस आक्रमणको कुनै पनि आतङ्ककारी समूहले जिम्मा भने लिएका छैनन् । खैवर पाख्तुनख्वा प्रान्तको दिर जिल्लामा तेहरिक ई तालिवान पाकिस्तानको पहिलैदेखि नै सक्रिय रहदै आएको पाइन्छ ।

यद्यपी अफगानिस्तानको सीमा क्षेत्रमा रहेको यो इलाका सुरक्षा अधिकारीहरुले जारी राखेको कारबाहीको क्रममा आतङ्ककारीहरु सङ्ख्या घैरै कम भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण