यस्तो हुनेछ सामसुङले बनाउँदै गरेको ‘आइफोन ८’ को स्क्रिन

२४ साउन – दक्षिण कोरियाली कम्पनी सामसुङ एप्पल ‘आइफोन ८’ को स्क्रिन बनाउन धमाधम लागि परेको छ। सामसुङले एकैपटक सातवटा उत्पादन लाइनबाट ‘ओएलइडी’ स्क्रिन बनाउने भएको हो।

apple-8

‘ओएलइडी’ स्क्रिन आइफोनमा पहिलोपटक राखिन लागिएको यो। यसको पूरा रुप अर्ग्यानिक लाइट इमिटिङ डिओड्स हो। यो ‘ओएलइडी’ स्क्रिनले आफैं प्रकाश दिने भएकाले यसमा ब्याकलाइट जरुरत पर्दैन। ब्याकलाइटका लागि छुट्टै सिस्टम राख्न नपरेपछि स्क्रिन झनै पातलो र एलसिडी भन्दा प्रभावकारी हुन्छ।

यसअघि एप्पलले आफ्नो घडीमा ‘ओएलइडी’ स्क्रिन राख्दै आएको छ। अब आइफोन ८ मा ‘ओएलइडी’ भएको पुरै ५.८ इन्चको स्क्रिन हुनेछ। एप्पल इन्साइडर वेबसाइटका अनुसार आइफोन ८ को स्क्रिनमा ‘भर्चुअल’ होम बटन हुनेछ। सामसुङले पहिलेदेखि नै एप्पलका लागि स्क्रिन बनाउँदै आएको छ।

‘ओएलइडी’ स्क्रिनमा पनि सामसुङले एप्पलमाथि एकाधिकार जमाउने देखिएको छ। किनकि, सामसुङ मात्र एक यस्तो कम्पनी हो जसले ठूलो परिमाणमा ‘ओएलइडी’ स्क्रिन उत्पादन गर्छ। उसले सन् २०१४ देखि ग्यालेक्सी नोट एज सिरिजमा यो स्क्रिन राख्दै आएको छ।

एप्पलले भने सामसुङलाई ‘ओएलइडी’ स्क्रिनमा एकाधिकार दिन्छ या दिन्न, प्रस्ट छैन। गत साता मात्र उसले यो स्क्रिनका लागि एलजी कम्पनीसँग सहकार्य गर्ने खबर आएको छ। यसबारे हालसम्म कुनै कम्पनीले प्रतिक्रिया दिएका छैनन्।

एप्पलले एलजीलाई पनि ‘ओएलइडी’ स्क्रिन बनाउने जिम्मेवारी दियो भने सामसुङलाई ठूलै झट्का लाग्ने विश्लेषकहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब