किन चीनसंग लड्ने हिम्मत गर्दैन भारत ?

२४ साउन – भारत र चीन डोक्लाममा आमुने सामुने छन्। तनावको ज्वरो यति तीब्र छ कि युद्धको आशंका गर्न थालिएको छ।

modi-and-xiदुबै देशका मिडियाका कुरा सुन्ने हो भने त स्थिति निकै गम्भिर बुझिन्छ। तर युद्ध नहुने कारण पनि प्रशस्तै छन्  ।आर्थिक रुपमा भारतको चीनमाथिको निर्भरताको ठुलै स्तरको छ। केही दिन अघि भारतीय संसदमा विदेश मन्त्रि सुष्मा स्वराजले निकै महत्वपुर्ण सन्देश दिइन्। विपक्षी दलका एक नेता रामगोपाल यादवले चीनसंग तनाव बढेको भन्दै सरकारलाई युद्धको तयारी गर्न र सामरिक क्षमता बढाउन सल्लाह दिएका थिए।

तर यादवको सल्लाहलाई सु्ष्मा स्वराजले इन्कार गरिन्। स्वराजले भनिन्-युग बदलिसकेको छ।कुनै पनि देशको शक्तिको पहिचान सामरिक नभई आर्थिक हुन्छ । भारतको आर्थिक प्रगतीमा चीनको पनि भुमिका छ र समाधान युद्धबाट होइन् वार्ताबाटै हुन्छ।

भारतको चीनमाथि निर्भरता कस्तो छ ?

भारतीय सोलार बजार चीनमाथि निर्भर छ। भारतमा सोलारमा दुइ मिलियन अमेरिकी डलर बराबरको कारोबार हुन्छ। थर्मल पावरमा पनि भारत चीन माति नै निर्भर छ। थर्मल पावर क्षेत्रका ७०-८० प्रतिशत उत्पादन चीनबाट आयात हुन्छ.

औषधीका कच्चा पदार्थमा पनि भारत चीनमाथि नै भर पर्दछ। चीनसंगको व्यापारमा भारतलाई व्यापार घाटा छ जसरी नेपालले भारतसंग ठुलो व्यापार घाटा बेहोर्छ। चीनबाट भारतले वार्षिक ५३ बिलियन अमेरिकी डलर बराबरको वस्तु आयात गर्दछ। भारतले चीनतर्फ १६ बिलियन अमेरिकी डलरको मात्रै निर्यात गर्दछ । भारतले चीन तर्फ निर्यात गर्नेमा कृषि उत्पादन र कच्चा पदार्थ छन्।

चिनियाँ अर्थतन्त्र पनि भारतको तुलनामा निकै विशाल छ। चिनियाँ अर्थव्यवस्था ११.५ ट्रिलियन डलरको छ जबकी भारतीय अर्थतन्त्र चीन भन्दा पाँच गुना सानो छ । भारतीय अर्थव्यस्थाको आकार २.३ ट्रिलियन डलरको छ। चीन र जापानबीच ३०० बिलियन डलरको व्यापार छ। दुबै देशबीच शत्रुता पनि छ तर व्यापार भने जारी छ। यही व्यापारले नै दुइ देशलाई युद्धमा होमिन दिँदैन्।

भारतसंगको व्यापार ठप्दा हुँदा पनि चीनतर्फ ठुलो असर नपर्ने देखिन्छ तर भारततर्फ भनेपनि यसको असरको स्केल निकै ठुलै हुन्छ। चीनको अमरिकासंग वार्षिक व्यापार ४२९ बिलियन डलरको छ जुन भारतको संग ७० बिलियन डलर भन्दा को भन्दै कयौं गुना बढि हो।

विश्व आर्थिक विकासमा पनि चीनको ३३ प्रतिशत योगदान छ। व्यापारको लागि बन्दरगाहका विषयमा पनि भारत र चीनबीच भारीमात्रामा अन्तर छ। भारतको मुम्बई स्थित नवशेरा पोर्टको   क्षमता ३ मिलियन टनको छ जबकी चीनको सांघाइ पोर्टको क्षमता ३३ मिलियन टनको छ।

भाषाको रणनीतिमा पनि चीन अगाडी देखिन्छ। चीनका १५ वटा युनिभर्सिटीमा हिन्दी भाषा पढाइन्छ तर भारतका मुश्किलले एक दुइ युनिभर्सिटी मात्र  चिनियाँ भाषाको पढाइ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित