२४ साउन,एजेन्सी – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो भारतीय जोडी बनेको दाबी गर्ने एक जोडी भारतीय प्रहरीलाई सेवाबाट बर्खास्त गरिएको छ ।

दिनेश र तारकेश्वर राठोडले गएको वर्ष सफलतापूर्वक सगरमाथाको आरोहण गरेको दाबी गरेका थिए । तर महाराष्ट्र प्रहरीले उनीहरले फोटो मिलाएर सगरमाथा चढेको झुटो दाबी गरेको ठहर गरेको हो ।
यसअघि दुबैले आरोहणको फोटो सत्य भएको दाबी गरेका थिए । अन्य आरोहीहरुले उनीहरुको आरोहणको विषयलाई लिएर प्रश्न उठाएपछि छानवीन अघि बढाइएको थियो । नेपाली अधिकारीहरुले त यसअघि नै उनीहरुलाई झटो समाचार दिएको भन्दै १० वर्षका लागि हिमाल चढ्न रोक लगाइसकेका छन् ।
महाराष्ट्र राज्यका अतिरिक्त कमिश्नर सोहिब्राओ पाटिलले गलत सूचना दिएर उनीहरुले महारष्ट्र प्रहरीको प्रतिष्ठामा आँच पुर्याएको प्रतिक्रिया दिएको समाचार संस्था पीटीआईलाई उद्यृत गर्दै वीवीसीले जनाएको छ ।
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई