रोनाल्डो ‘इङ्ल्याड फिर्ता हुन चाहन्छन्’

२२ साउन, म्याड्रिड (स्पेन) – विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै “आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको” बताएको स्पेनी रेडियो स्टेसन क्याडेना सेरले शनिबार जनाएको छ ।

ronaldo-565419916रियल म्याड्रिड क्लबका तर्फबाट खेल्दै आएका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा सोमबार अदालतले सुनुवाईका लागि बोलाएको छ । उनीमाथि एक करोड ७३ लाख अमेरिकी डलर बराबरको कर छली गरेको आरोपमा स्पेनी अदालतमा मुद्दा चलाइएको छ ।

रोनाल्डोले बेलायती भर्जिज आइलेण्डस र आएरल्याण्डमा रहँदा ख्याति कमाएका थिए । यद्यपि रोनाल्डोले भने सन् २००४ मा आफूले बेलायती क्लब म्यानचेस्टर यूनाइटेडमा रहँदा सामान्य उचाई हाँसिल गरेपनि आफूले सन् २००९ मा रियलमा प्रवेश गरेपछि व्यापक ख्याति पाएको बताउदै आएका छन ।

स्पेनमा उच्च तहका सवै फुटबल खेलाडीमाथि कर छली आरोपमा अनुसन्धान जारी राखिएको बताएपनि रोनाल्डोले भने आफ्नो प्रसिद्धिमा प्रभाव पार्ने अभिप्रायले सो आरोप लगाइएको दावी गरेका छन ।

उनले अदालतमा यदि आफू क्रिस्टियानो रोनाल्डो भनेर नचिनिएको भए अदालतमा हाँजिर गराइने थिएन भनी अदालतमा समेत जनाएको स्पेनी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चार पटकसम्म विश्व विजेता बनेका रोनाल्डोले सामाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन, “ मेरो चमत्कार र ख्यातिले मानिसलाई के बिगारेको थियो । कीराहरूले मात्र बत्ती र उज्यालोलाई आक्रमण गर्छन् ।”

स्पेनको आन्तरिक राजस्व मामिला सम्वद्ध जेस्था यूनियनका एक विज्ञल भनका छन् , “यदि यो मुद्दामा रोनाल्डो दोषी ठहरिएमा उनले कम्तिमा दुई करोड असीलाख यूरो बराबर जरिवाना र तीन बर्ष जेल सजाँए हुनेछ ।”

रियलका प्रशिक्षक जिनेदिन जिदानले जुनमा भएको च्याम्पियन लिगको फाइनलपछि रोनाल्डोलाई दिएको बिदापछि शनिबार मात्र स्पेनमा प्रशिक्षणमा फिर्ता भएका छन । उनलाई आराम गर्न बिदा दिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी