अफगानिस्तानमा ५० तालीवानी लडाकू मारिए

अफगानिस्तान, २१ साउन– अफगानिस्तानको पूर्वी क्षेत्र खोस्टमा लुकिछिपी बसेका तालीवानी लडाकूलाई लक्षित गरी गरिएको कारबाहीमा कम्तीमा ५० तालीवानी लडाकूको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् । 

Talibani

आक्रमणमा तीन जना घाइते भएका बताइएको छ । स्थानीय प्रहरी प्रमुख गुलाव मङ्गलले भने, ‘मुसाखिल जिल्लाको पिरी क्षेत्रमा शुक्रबार राति अमेरिकी नेतृत्वको गठबन्धनले चलाएको हवाई आक्रमणमा ५० जना तालीवानी लडाकूको मृत्यु भएको र तीन जना विद्रोही घाइते भएका छन् ।’ उक्त क्षेत्र राजधानी काबुलबाट १५० किलोमिटर दक्षिण पूर्वमा पर्छ । 

आक्रमणमा तालीवान विद्रोहीले लुकाई राखेका केही हतियार र बन्दोबस्तीका सामान र उनीहरूले लामो समयदेखि प्रयोग गर्दै आएको आश्रयस्थल पनि नष्ट गरिएको छ । 

घटनाबारे शनिवार एक विज्ञप्ति प्रकाशित गरी अफगानी रक्षामन्त्रीले पनि पुष्टि गरेका छन् । विद्रोही समूहले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित