दुबईको ७९ तले आवसीय भवनमा भीषण आगलागी

२० साउन,एजेन्सी – दुबईमा रहेको एक ७९ तले अग्लो अवासीय भवनमा भीषण आगलागी भएको छ । दुबईमा रहेको टर्च टावरमा पछिल्ला २ बर्षमा दोस्रो पटक आगलागी भएको हो ।

 

dubai-aaglagi1

यद्धपि आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको बिबिसीले जनाएको छ । भवनमा बसिरहेका मानिसहरुले तत्कालै भवन खालि गराएकाले मानवीय क्षति नभएको र अहिले आगो पनि नियन्त्रणमा आईसकेको समाचारमा उल्लेख छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो फुटेजहरुमा आगलागी भवनको माथिल्लो तल्लामा सम्म पुगेको देख्न सकिन्छ । सरकारी सञ्चारमाध्यम दुबई मिडिया अफिसले ट्वीट गर्दै घट्नामा परि अहिलेसम्म कोहि पनि घाईते नभएको जानकारी दिएको छ ।

टर्च टावरमा यसअघि सन् २०१५ मा पनि आगलागी भएको थियो । ७९ तले टर्च टावर सन् २०११ देखि आवासका लागी खुला गरिएको थियो । सञ्चालनमा आउँदा यो टर्च टावर बिश्वकै सबभन्दा अग्लो भवन मानिएको थियो । यसमा ६ सय ७६ फ्ल्याट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित