२० साउन, काठमाडौं – ब्राजिलियन फवार्ड नेयमारले आफू पैसाका लागि बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नगएको दाबी गरेका छन् ।

बार्सिलोना छाडेर पीएसजी गएपछि पहिलो पटक पत्रकारहरुमाझ उपस्थित भएका नेयमारलाई एक पत्रकारले पैसाका लागि पीएसजी आएको हो भन्ने प्रश्न गरे ।
जवाफमा उनले भने, ‘म के भन्छु भने त्यसो भन्ने मानिसहरुलाई मेरो व्यक्तिगत जीवनबारे थाहा छैन । म कहिल्यै पनि पैसाबाट कहिल्यै प्रेरित भएको छैन ।’ आफ्नो लागी खुसी ठूलो भएको उनले बताए । आफूले पैसाका लागि पीएसजी गरेको ठन्दा दुःख लागेको भन्दै उनले भने, यदि मैले पैसालाई पछ्याएको भन्दै अरु देशको कुनै क्लबमा हुन्थेँ ।’
उनले आफू नयाँ चुनौतीको सामना गर्न पेरिस सेन्ट जर्मेन आएको र यो नै सही समय भएको बताए । बार्सिलोना छाड्ने निर्णय जीवनकै कठिन निर्णय भएको भन्दै उनले भने, ‘म क्लबलाई सम्मान गर्छु । तर, आफ्नो निर्णयबाट खुसी छु ।’ मेस्सीसँगै खेल्नका लागि आफू बार्सिलोना गएको भन्दै उनले भने, ‘म पीएसजीमा इतिहास लेख्न चाहन्छु ।’
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी