वासिङटन । आगामी सेप्टेम्बर १ बाट आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ । औपचारिक रूपबाट यो सेप्टेम्बर १ बाट लागू हुने बुधबार घोषणा गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तरी कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको छ । उत्तर कोरियाको भ्रमणका लागि संयुक्त राज्य अमेरिकी सबै पासपोर्ट गैरकानूनी बनाइने घोषणा गरिएको छ । यो प्रतिबन्ध एक वर्षका लागि लगाइने अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सनले बताएका छन् ।उत्तर कोरिया प्रतिबन्धको घोषणा पहिलो पटक गत महिनामा नै भएको थियो । उत्तर कोरियाको भ्रंमणको क्रममा जेल परेका अमेरिकी विद्यार्थीको मृत्यु्पछि यो प्रतिबन्धको घोषणा गरिएको थियो । तर यसको एकिन मितिको भने तय भएको थिएन । अमेरिकी विद्यार्थी ओट्टो वार्मबिएर प्योङयाङ भ्रमणका क्रममा जेल परेको त्यसै क्रममा उनको स्वास्थ्य स्थिति अत्यन्त नाजुक भई उनी कोमामा गएका थिए । कोमामा नै रहेको अवस्था उनको मृत्यु भएको थियो ।
युनिभरसिर्टी अफ भर्जिनियाका २२ वर्षीय ती विद्यार्थी वार्मबिएरलाई उत्तर कोरियाको विरुद्ध प्रचार गरेको आरोपमा उत्तर कोरियास्थित एक होटेलबाट पक्राउ गरी एक वर्षभन्दा बढी थुनामा राखिएको थियो । उनको स्वास्थ्य स्थिति अत्यन्त नाजुक अवस्थामा पुगेर कोमामा नै उनलाई घर फर्काइएको र तर उनलाई बचाउन भने सकिएन । वार्मबिएरको मृत्युपछि यस्ता दुखान्त घटना र निर्दोष नागरिकको हत्या रोक्ने प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए । वार्मबिएरको मृत्यु नै तनाव सिर्जना भएको अवस्थामा उत्तर कोरियाले हालै दुई पटकसम्म गरेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा अमेरिकाको रहेको छ ।
केही दिनअघि मात्र राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जोबीच पनि यसै विषयमा फोनवार्ता भएको थियो । उनको कुराकानीको निष्कर्ष गएको केही समयदेखि उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणले विश्वमा सुरक्षा चासो बढाएको मात्र नभई यसले खतरा पनि बढाउँदै लगेको छ भन्ने हो, ह्वाइट हाउसले जनाएको छ । उनीहर सो कुराकानीपछि उत्तर कोरियामाथि कूटनीतिक र आर्थिक दबाब दिने विषयमा पनि सहमत भएको ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको थियो । एएफपी
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि