हाम्रो सार्वभौमिकताको संरक्षण गर्न हामी सक्षम छौँ : राष्ट्रपति सि

chinese-president-xi-jinpingबेइजिङ, १७ साउन । चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि आफै सक्षम छ भन्नुभएको छ ।उहाँले भन्नुभयो ‘हामीले कुनै पनि हालतमा र कुनै जनता, कुनै पनि संगठन वा अरु कसैलाई पनि देशका विरुद्धमा प्रयोग हुन वा चीनको भूभागमा पृथकतावादी क्रियाकलाप हुन दिदैनौँ, यसका लागि हामी आफै एकदमै सक्षम र बलिया छौँ ।’

चिनियाँ सेनाको ९० औँ वार्षिकोत्सवका अवसरमा दिनुभएको सन्देशमा राष्ट्रपति चिनफिङले सो धारणा राख्नुभएको हो ।चिनियाँ भूभागलाई कसैले पृथकतावादीको पक्षमा पार्न खोज्ने वा यहाँ देशको सार्वभौमिकताको विरुद्धमा चलखेल गर्न खोज्ने खेल भयो भने हामीले जुनसुकै हालत र अवस्थामा पनि त्यसलाई निस्तेज र असफल बनाउन सक्छौँ त्यसका लागि हामी आफै सक्षम छौँ– उहाँले भन्नुभयो ।बेइजिङको ग्रेट हल अफ द पिपुलमा मङ्गलबार उपस्थित भएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा सैनिक अधिकारीहरुलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्न्नुभएको हो ।
राष्ट्रपति चिनफिङले सन् २०१२ मा आफ्नो कार्यभार सम्हालेपछि राष्ट्रियताको विषयमा निकै कडा अभिव्यक्ति दिँदै आउनुभएको छ ।उहाँले देशभित्र हुनसक्ने पृथकतावादी क्रियाकलापहरुमा पनि कडा प्रशासनिक निगरानीका लागि निर्देशन दिनुभएको छ ।चिनियाँ जनसेनाको स्थापनाको ९० औँ वार्षिकोत्सवको अवसरमा चीनमा केही दिनयतादेखि बार्षिकोत्सव समारोह र विभिन्न कार्यक्रम सञ्चालन भइआएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि