चिनियाँ राष्ट्रपतिले भने, ‘हामी सबै हमलालाई विफल गर्न सक्षम छौं’

काठमाडौं, १७ साउन– चीनका राष्ट्रपति सी जिङ्गपिङले मंगलबार भनेका छन् कि चीन आफ्नो सम्प्रभुता तथा सुरक्षाका लागि कहिल्यै पनि सम्झौता गर्ने छैन । साथै चिनियाँ सेना हरेक हमलालाई विफल पार्न सक्षम रहेको राष्ट्रपति सीको भनाइ छ । 

सीले २३ लाख जवान रहेको पिपुल्स लिबरेशन आर्मी (पीएलए) को ९० औं वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा भने, ‘हामी कुनै पनि व्यक्ति, संगठन या राजनीतिक दललाई चीनको कुनै पनि भागलाई कुनै पनि हालतमा अलग गर्न दिने छैनौं ।’

सीको यो टिप्पणी यस्तो समयमा आएको छ, जब चीन र भारतबीच सिक्किम सेक्टरमा गतिरोध चलिरहेको छ । सीले भने, ‘चिनियाँ जनता शान्तिप्रेमी छन् । हामी आक्रमता देखाउने तथा आफ्नो क्षेत्र बिस्तार गर्ने कार्य गर्दैनौं । तर हामीलाई के थाहा छ कि हामी जुनसुकै प्रकारका हमलाXi jinpingलाई विफल पार्न सक्छौं ।’ ग्रेट हल अफ पिपुल्समा आयोजित समारोहमा राष्ट्रपति सीले चीनले आफ्नो सम्प्रभुताका लागि कसैसँग पनि सम्झौता नगर्ने बताए । 

यसअघि ३० जुलाईमा आयोजित एक ठूलो सैनिक परेडमा सीले आफ्नो देशको सेनामा सबै हमलाकारी दुस्मनलाई हराउने योग्यता रहेको बताएका थिए । उनको त्यस्तो अभिव्यक्ति पछि भारतमा हंगामा मच्चिएको थियो । भारतीय मिडियाले चिनियाँ राष्ट्रपतिको अभिव्यक्तिलाई भारत लक्षित भनेर टिप्पणी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित