चिनियाँ राष्ट्रपतिले भने, ‘हामी सबै हमलालाई विफल गर्न सक्षम छौं’

काठमाडौं, १७ साउन– चीनका राष्ट्रपति सी जिङ्गपिङले मंगलबार भनेका छन् कि चीन आफ्नो सम्प्रभुता तथा सुरक्षाका लागि कहिल्यै पनि सम्झौता गर्ने छैन । साथै चिनियाँ सेना हरेक हमलालाई विफल पार्न सक्षम रहेको राष्ट्रपति सीको भनाइ छ । 

सीले २३ लाख जवान रहेको पिपुल्स लिबरेशन आर्मी (पीएलए) को ९० औं वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा भने, ‘हामी कुनै पनि व्यक्ति, संगठन या राजनीतिक दललाई चीनको कुनै पनि भागलाई कुनै पनि हालतमा अलग गर्न दिने छैनौं ।’

सीको यो टिप्पणी यस्तो समयमा आएको छ, जब चीन र भारतबीच सिक्किम सेक्टरमा गतिरोध चलिरहेको छ । सीले भने, ‘चिनियाँ जनता शान्तिप्रेमी छन् । हामी आक्रमता देखाउने तथा आफ्नो क्षेत्र बिस्तार गर्ने कार्य गर्दैनौं । तर हामीलाई के थाहा छ कि हामी जुनसुकै प्रकारका हमलाXi jinpingलाई विफल पार्न सक्छौं ।’ ग्रेट हल अफ पिपुल्समा आयोजित समारोहमा राष्ट्रपति सीले चीनले आफ्नो सम्प्रभुताका लागि कसैसँग पनि सम्झौता नगर्ने बताए । 

यसअघि ३० जुलाईमा आयोजित एक ठूलो सैनिक परेडमा सीले आफ्नो देशको सेनामा सबै हमलाकारी दुस्मनलाई हराउने योग्यता रहेको बताएका थिए । उनको त्यस्तो अभिव्यक्ति पछि भारतमा हंगामा मच्चिएको थियो । भारतीय मिडियाले चिनियाँ राष्ट्रपतिको अभिव्यक्तिलाई भारत लक्षित भनेर टिप्पणी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण