२३ वर्षपछि यस्तो हुनेछ संसार, यस्तो हुनेछ जीवनशैली

एजेन्सी। प्रविधिको बढ्दो विकासले संसारभरका मानिसहरुको जीवनशैली फेरिँदै गएको छ । भविष्यको जीवनशैली कस्तो होला भन्ने कल्पना मात्र गर्न सकिन्छ । हालै बेलायत सरकारले २०४० सम्म पेट्रोल र डिजेलबाट चल्ने गाडीहरु विस्थापित गर्ने घोषणा गरेको छ । यस्ता परिकल्पनाका बीच अनुमान गर्न सकिन्छ २३ वर्षपछि अर्थात २०४० को जीवनशैली निकै फरक हुनेछ ।

बेलायतको प्रमुख अखबार ‘द सन’ ले युरोपका प्रमुख फ्युचरोलोजिस्ट रे हेमण्ड र एमिली फेयरब्रेनको सहयोगमा भविष्य अर्थात २०४० को संसारको परिकल्पना सार्वजनिक गरेको छ । यो अनुमान बेलायतको बारेमा हो । यहाँ २०४० मा महिलाका औसत १०० र पुरुषका २०० सेक्स पार्टनर हुनेछन् । अहिले बेलायतमा महिलाका औसत ९ र पुरुषका औसत १२ सेक्स पार्टनर छन् । १०मध्ये १ बेलायतीले मात्र बिहे गर्नेछन् । कैयौं मानिसहरु रोबोटसँग मायामा पर्नेछन् ।

२०४० सम्म ट्युब ट्रेनको स्पिड ११०० किलोमिटर प्रतिघण्टासम्म पुग्नेछ । सडकमा लगभग सबै कारहरु ड्राइभर बिनाका हुनेछन् । केही हवाइजहाजहरु बिजुली वा सेल्फ इनर्जीबाट चल्नेछन् । २०४० सम्म विश्वको आवादी ७ अर्बबाट बढेर ९ अर्ब हुने अनुमान गरिएको छ । यति धेरै जनसंख्याको लागि मासुको उत्पादन सम्भव हुने छैन किनकि पशु पालनको लागि ठाउँको अभाव हुनेछ । यसको समाधानको लागि प्रयोगशालामा कृत्रिम मासु बनाइनेछ । यो वनस्पतिका विभिन्न भागहरु प्रयोग गरेर बनायएको हुनेछ र स्वाद मासुको जस्तै हुनेछ ।

२०४० सम्म स्मार्टफोन निकै कम हुनेछन् । मानिसले सबै ग्याजेटहरु लगाउनेछन् । आँखामा लगाइएको कन्टेक्ट लेन्सको मद्दतले स्क्रिन हावामा तैरिनेछ । कुनै म्यासेज आएमा सिधै कानमा सुनिनेछ । यदि तपाइँले कुनै अञ्जान व्यक्तिलाई देख्नुभयो भने शरीरमा फिट गरिएको सेन्सरले उसको अनुहारको लक्षणहरु चिनेर उसको पूरा प्रोफाइल तपाइको अगाडि राखिदिनेछन् । कम्प्युटर समस्या समाधानको मामिलामा मानिसजस्तै हुनेछन् जसका कारण मानिसलाई जागिर खोसिने गम्भीर खतरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब