काठमाडौं । यात्रुहरुले मोबाइल चलाउँदै सडक काट्दा दुर्घटनाका घटना बढेपछि अमेरिकी राज्य हवाईको होनलुलु सहरमा बाटो काट्दा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ ।होनलुलुका मेयर किर्क काल्डवेले मोबाइलबाट सन्देश आदानप्रदान गरिरहेको वा आफ्ना मोबाइल सामग्री हेरिरहेको अवस्थामा कुनै पनि सडक यात्रु फेला परे उनीहरुलाई १५ देखि ३५ डलरसम्म जरिबाना गरिने बताएका छन् ।
यदि कुनै व्यक्तिले प्रतिबन्ध दोहोर्याए उनीहरुलाई अझ बढी जरिबाना तिराइने अधिकारीले जनाएका छन् ।
आगामी अक्टोबरबाट लागु हुने उक्त नियमले सडक दुर्घटना नियन्त्रण गर्ने लक्ष्य लिएको छ । अमेरिकाभर सन् २००० देखि २०११ सम्म भएका मोबाइल फोन प्रयोग जोडिएका सडक दुर्घटनामा ११ हजार भन्दा बढी मानिस घाइते भएका थिए ।तर आलोचकले भने अहिलेको नियम चाहिने भन्दा कडा भएको आरोप सरकारमाथि लगाएका छन् । उनीहरुले नयाँ कानूनले नागरिक स्वतन्त्रतामा आँच पु¥याउने भन्दै यस्ता प्रकृतिका दुर्घटना शिक्षाको माध्यमबाट कम गर्न सकिने तर्क गरेका छन् ।
होनलुलुका मेयरले हस्ताक्षर गरेको उक्त कानून उक्त राज्यको राजधानी र ओहाउ भन्ने टापुमा कार्यान्वयन गरिनेछ ।सडकमा मोबाइल फोनको प्रयोगलाई निरुत्साहित गर्न जर्मनीको एउटा शहरले कानून परिवर्तन नगरी सचेतना अभियानको प्रयोग गर्दै आएको छ । मानिसहरुले माथि हैन तल हेरेर पनि जानकारी पाउन सकुन भनेर आउग्जवर्ग शहरले भुइँमा ट्राफिक संकेतहरु राखिदिएको थियो ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि