१२ साउन,एजेन्सी – दिनप्रतिदिन लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ह्वात्तै बढेको छ । विज्ञापनदाता फेसबुकतर्फ आकर्षित भएपछि सन् २०१७ को दोस्रो त्रैमासिकमा ९ दशमलब ३ अर्ब डलर आम्दानी भएको छ ।

विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्ने भएपछि विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका छन्। यो वर्षको आधा अवधि र पछिल्लो तीन महिना हाम्रा लागि राम्रो भएको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले भने, ‘त्यस अवधिमा हाम्रो नाफा ७१ प्रतिशतले बढेको छ ।’ उनले सन् २००४मा फेसबुक सञ्चालन सुरु गरेका थिए । फेसबुकले प्रयोगकर्तासंगै बढीभन्दा बढी विज्ञापनदाता पनि आकर्षित गरिरहेको छ ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब